Samacharpati
मङ्लबार, जेष्ठ २०, २०७७
  • होमपेज
  • लकडाउनमा घोडेपानी घुम्न आएका दुई पर्यटकलाई राखियाे क्वारेन्टाइनमा

लकडाउनमा घोडेपानी घुम्न आएका दुई पर्यटकलाई राखियाे क्वारेन्टाइनमा

लकडाउनमा घोडेपानी घुम्न आएका दुई पर्यटकलाई राखियाे क्वारेन्टाइनमा

म्याग्दी, ६ वैशाख कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउन (बन्दाबन्दी)को समयमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानी घुम्न आएका दुई पर्यटकको शुक्रबार उद्धार गरेर क्वारेन्टाइनमा राखिएको छ ।

घोडेपानी पर्यटक प्रहरी चौकीका प्रहरीले चीनका दुई पर्यटकलाई उद्धार गरेका हुन् । तीमध्ये एक पुरुष र एक महिला रहेको प्रहरीले जनाएको छ । स्थानीय होटल व्यवसायीले बन्दाबन्दीको समयमा आएका पर्यटकलाई बिहीबार प्रहरीको जिम्मा लगाएका थिए ।

पी ०४०४३९५२ नम्बरको पासपोर्ट भएका गुसङ हुन (पुरुष) र जी ५१५३५५७६ नम्बरको पासपोर्ट भएकी सुनफिन लिअङको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक धु्रवप्रसाद शर्माले जानकारी दिनुभयो ।

सन् २०२० मार्च १० तारिखका दिन पोखरा प्रवेश गरेका उनीहरु कास्कीको घान्द्रुक हुँदै घोडेपानी आइपुगेका हुन् । घोडेपानीबाट उनीहरुलाई भुरुङ तातोपानीको सर्वोदय माविको भवनमा अन्नपूर्ण गाउँपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा राखिएको म्याग्दीका प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले बताउनुभयो ।

एकान्तवासमा खानेबस्ने व्यवस्था र स्वास्थ्य परीक्षण गरेर चिनियाँ राजदूतावासको जिम्मा लगाइने प्रहरीले जनाएको छ । यसअघि लकडाउनकै अवधिमा अन्नपूर्ण गाउँपालिका–१ बेगमा दुई चिनियाँ र बेनी नगरपालिका–६ गुफाबाट एक दक्षिण कोरियाका पर्यटकको उद्धार गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका