Samacharpati
शुक्रबार, जेष्ठ २३, २०७७
  • होमपेज
  • नेपालमा पनि एकैदिन थपिए १४ जना कोरोना संक्रमित

नेपालमा पनि एकैदिन थपिए १४ जना कोरोना संक्रमित

नेपालमा पनि एकैदिन  थपिए १४ जना कोरोना संक्रमित

काठमाडौं, ५ वैशाख । नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन् । उनीहरु मध्ये केही भारतीय हुन् । यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवनको राप्ती नगरपालिका-८ का आमा छोरा हुन् । याे अनलाइन लेखेकाे छ ।

भुल्केस्थित मस्जिदमा लुकि छिपि बसेका ८ भारतीय नागरिकमा कोरोना पोजेटिभ देखिएको छ। उदयपुर त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा लुकेर बसेका ८ भारतीय नागरिकमा कोरोना पोजेटिभ भेटिएको हो। उनिहरु १० मध्ये ८ जनाको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको बताइएको छ ।

मस्जिदमा लुकेर बसेको सूचनाका आधारमा मस्जिद पुगेको स्वस्थ्यकर्मीको टोलीले स्वाब नमुना लिएको थियो। स्वाब परिक्षण पश्चात उनीहरुमा कोरोनाको संक्रमण रहेको थाहा हुन आएको हो। रिपोर्ट पोजेटिभ भेटिएको र रिपोर्ट मुख्यमन्त्री कार्यालय सँगै केन्द्रमा पठाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । उनीहरु मध्ये पहिलो संक्रमित निको भइसकेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका