Samacharpati
बुधबार, जेष्ठ २१, २०७७

”पैदल यात्री”

”पैदल यात्री”

स्याङजा,  ५  वैशाख ।

काँधमा छोरा हातमा कपाडाको बोरा,

पत्नी उसकी मोटो ज्यान, फुलेका खुट्टा

मेरो प्रश्न कहाँ पुग्ने दाइ?

उत्तर उसको भाइ बर्दिया,

खड्केटारीमा पानी पिउँदै थिएँ पैदल यात्री ।

किन त, पोखरा नबसी हिंड्नु भाको ?

सोधें मैले मलिन हुँदै,

एकातिर घरबेटी अर्कोतिर भोक

दुईवटा कै चपेटा कसरी थामुँ भाइ?

मरे बरु घरमै मरुँला भनेर फेरि उत्तर उसको ।

राहत मिलेन र फेरि सोधें मैले,

तेलको पोका फुटाली तीन जनालाई अरु के भनुँ? उत्तर उसको

के खानु भो भोक छ र सोधें मैले,

पोखरादेखि भोकै आको

अल्ली पर सर्केटारी भन्ने ठाउँ मिजासिला मान्छे,

आशीर्वाद टक्र्याएर पेटभरि छ

भो भुलिन यात्रा लामो छ ।

कोरोनाले मरिन्छ डर छैन ।

भोक र गरीबी ले धेरै मर्छन् , याद गर्नु भाइ

अन्तिम बोलि पैदल यात्री

बर्दिया पुग्लान् त हामी सोचिरह्यौं।

किस्मत कार्की  फेदिखाेला

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका