Samacharpati
बिहिबार, जेष्ठ २२, २०७७
  • होमपेज
  • दैलेखमा ट्र्याक्टर दुर्घटना हुँदा आठ बालबालिका घाइते

दैलेखमा ट्र्याक्टर दुर्घटना हुँदा आठ बालबालिका घाइते

दैलेखमा ट्र्याक्टर दुर्घटना हुँदा आठ बालबालिका घाइते

दैलेख, २ बैशाख । आठबीस नगरपालिका–१ मा पर्ने सात्तला झुँजको धनवीरे गडा नजीक कर्णाली प्रदेश ०२००१ त ००५९ नं को ट्र्याक्टर दुर्घटना हुँदा त्यसमा सवार आठ बालबालिका घाइते भएका छन् । घाइतेमध्ये छ जनाको अवस्था चिन्ताजनक छ । ट्र्याक्टर साँझ करीब ५ बजे दुर्घटना भएको थियो ।

ट्र्याक्टर सडकबाट करीब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख हरिबहादुर वलीले जानकारी दिए । घाइते चारजना बालबालिका बेहोस छन्, दुई जनाको होस आएको र अन्य दुईजना बोल्न सक्ने अवस्थामा रहेको प्रत्यक्षदर्शी वीरबहादुर नेपालीले जानकारी दिए ।

आठबीस नगरपालिका–१ को भानु आधारभूत विद्यालयको भवन निर्माणका लागि बालुवा पुर्याएर सिमगाउँबाट फर्किने क्रममा ट्र्याक्टर दुर्घटना भएको नेपालीले बताए । आठबीस नगरपालिकाका नगरप्रमुख खड्गराज उपाध्यायले दुर्घटनामा घाइते बालबालिकाको उपचारका लागि नगरपालिकाको एम्बुलेन्समार्फत सुर्खेत पठाउने तयारी भएको बताए ।

सबै घाइते एम्बुलेन्समा नअटेपछि थप अर्को जीपमा घाइते बालबालिकालाई सुर्खेत पठाउने तयारी गरेको उपाध्यायको भनाइ छ । आठबीस नगरपालिकाबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत पुग्न करीब ४ घण्टा लाग्दछ । बालबालिकालाई स्थानीय सात्तला स्वास्थ्यचौकीमा सामान्य उपचार गराइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका