Samacharpati
सोमवार, जेष्ठ १९, २०७७
  • होमपेज
  • असिनापानीकाे कारण पर्वत र बागलुङमा करोडौँको क्षति

असिनापानीकाे कारण पर्वत र बागलुङमा करोडौँको क्षति

असिनापानीकाे कारण पर्वत र बागलुङमा करोडौँको क्षति

पर्वत, २ वैशाख गए राति परेको असिनापानीका कारण पर्वत र बागलुङमा करोडौँको क्षति पुगेको छ । पर्वतको जलजला र मोदी गाउँपालिका तथा बागलुङको ताराखोला गाउँपालिकामा भीषण असिनापानी परेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।

यस वर्ष यो चौथोपटक ठूलो असिना परेको हो । असिनाले खेतबारीमा लगाएका मकै, भित्र्याउन तयार भएको गहुँबाली, फलफूल र तरकारीमा ठूलो क्षति पुर्याएको कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख वासुदेव रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार यतिबेला फल लाग्न थालेको सुन्तलामा ठूलो नोक्सानी पुगेको छ । सुन्तलाको पकेट क्षेत्रको रुपमा रहेको पर्वतको देउपुरमा असिनाले धेरै क्षति पुर्याएको उहाँले बताउनुभयो ।

पर्वतको जलजला र बागलुङको ताराखोला आलुखेतीको पकेट क्षेत्र हो । ती दुवै पालिकामा बर्खे आलुमा क्षति पुगेको छ । यस क्षेत्रका कृषकले खेतमा लगाएको मकै गोडिसकेका थिए भने बारीमा लगाएको मकै उम्रिएका थिए । खेतबारीकै मकैमा असिनाले असर पुर्याएको छ ।

त्यस्तै बर्खे तरकारीमा पनि नराम्रो गरी असिनाले हानेको कृषकले गुनासो गरेका छन् । झण्डै आधा घण्टाभन्दा बढी परेको असिनाका कारण मकै, फलफूल तरकारी पूरै नष्ट भएको मोदी गाउँपालिका वडा नं ८ चित्रेकी सुशीलादेवी गुरुङले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका