Samacharpati
शुक्रबार, जेष्ठ २३, २०७७
  • होमपेज
  • बागलुङकी १९ बर्षिया युवतीको तेस्रो रिपोर्ट पनि पोजेटिभ

बागलुङकी १९ बर्षिया युवतीको तेस्रो रिपोर्ट पनि पोजेटिभ

बागलुङकी १९ बर्षिया युवतीको तेस्रो रिपोर्ट पनि पोजेटिभ

अर्जुन कार्की, बागलुङ, २ बैशाख । धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचाररत कोरोना भाइरस (कोभिड–१९) संक्रमित १९ बर्षिय किशोरीको तेस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ ।

नेपालको पाँचौं बिरामीको स्वाब संकलन गरी परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको थियो । सोमबार उक्त स्वाबको रिपोर्ट पोजेटिभ आएको धौलागिरी अञ्चल अस्पतालका सूचना अधिकृत तिर्थराज गौतमले जानकारी दिनुभयो । यससँगै उनीहरुको अस्पताल बसाइ लम्बिएको छ ।

४ चैतमा बेल्जियमबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ बर्षिय युवतीको चैत १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै २१ चैतमा दोस्रो रिपोर्ट पनि पोजेटिभ नै आएको थियो ।

अस्पतालको आइसोलेसनमा उपचाररत उहाँको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ । यस अघि कोरोना संक्रमित बानपा–३ की ६५ वर्षिय महिलाको पनि दोस्रो रिपोर्ट पोजेटिभ आएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका