Samacharpati
शनिबार, जेष्ठ १७, २०७७
  • होमपेज
  • ‘दुनियाँ नै लकडाउन बसेको बेला, म तिमिलाई नै भेटन आउ कसरी’ (गजल)

‘दुनियाँ नै लकडाउन बसेको बेला, म तिमिलाई नै भेटन आउ कसरी’ (गजल)

स्याङजा, १ वैशाख ।

कसैले सेताे कात्राे ओडेकाे बेला!

कसैले सेताे कात्राे ओडेकाे बेला

म नयाँ लुगाँ लाउँ कसरी  ?

विश्वनै शेकमा डुबेकाे बेला,

विश्वनै शेकमा डुबेकाे बेला

म शुभकामनाकाे गीत गाउँ कसरी ?

कसैले सेताे कात्राे ओडेकाे बेला !

म नयाँ लुगाँ लाउँ कसरी  ?

तिमि रात दिन भेट्ने मात्र कुरा गरछाैँ  ,

दुनियाँनै लकडाउन बसेकाे बेला,

दुनियाँनै लकडाउन बसेकाे बेला,

म तिमिलाई नै भेटन आउ कसरी

विश्वनै शेकमा डुबेकाे बेला

म शुभकामनाकाे गीत गाउँ कसरी ?

पुजाआजा वर्त कथा सबै सेलाएर गए

पुजाआजा वर्त कथा सबै सेलाएर गए

देविदेवता पनि निदाएकाे बेला

देविदेवता पनि निदाएकाे बेला

म मठमन्दिर जाउँ कसरी

विश्वनै शेकमा डुबेकाे बेला

विश्वनै शेकमा डुबेकाे बेला

म शुभकामनाकाे गीत गाउँ कसरी ?

नव वर्ष सगैँ नव कार्य थाल्ने चलन

नव वर्ष सगैँ नव कार्य थाल्ने चलन

सारा संसार धरमर भाकाे बेला

म उच्च जिवन साउ कसरी ?

विश्वनै शेकमा डुबेकाे बेला

म शुभकामनाकाे गीत गाउँ कसरी ?

कस्ताे आवत आइ पर्याे दैव दुइ छाक टार्ने नि

कस्ताे आवत आइ पर्याे दैव दुइ छाक टार्ने नि

काेहि भाेक भाेकै बसेकाे बेला

म मिठा मिठा परिकार खाउँ कसरी ?

विश्वनै शेकमा डुबेकाे बेला,

म शुभकामनाकाे गीत गाउँ कसरी ?

कसैले सेताे कात्राे ओडेकाे बेला,

म नयाँ लुगाँ लाउँ कसरी  ?

विश्वनै शेकमा डुबेकाे बेला,

म शुभकामनाकाे गीत गाउँ कसरी ?

 

फेदिखाेला १- स्याङजा

अप्सारा बानिया,

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका