Samacharpati
बिहिबार, जेष्ठ २२, २०७७
  • होमपेज
  • कैलालीमा ६५ वर्षीया बृद्धामा  देखियाे कोरोना पाेजेटिभ

कैलालीमा ६५ वर्षीया बृद्धामा  देखियाे कोरोना पाेजेटिभ

कैलालीमा ६५ वर्षीया बृद्धामा  देखियाे कोरोना पाेजेटिभ

 धनगढी, १ वैशाख । कैलालीको लम्की चुहामा  ६५ वर्षीया बृद्धामा  देखियाे कोरोना भाइरस (कोभिड-१९) को संक्रमण  । वीरगञ्ज नाकामा चिया पसल गर्ने उनी लकडाउनका कारण समस्यामा परेपछि  चैत  १७ मा लम्की आएकी थिइन् ।

‘मजदुरहरु समस्यामा परेको थाहा पाएपछि त्यहाँको प्रशासनले समन्वय गरेर यहाँ पठाएको हो ,  कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताएका छन ।

उनीहरूलाई स्थानीय जनप्रतिनिधिले लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखेको थियो । त्यहाँ बसेका   सम्पुर्णमा  र्‍यापिड डायग्नोस्टिक टेष्ट किटबाट परीक्षण गरिएको थियो ।  सबैकाे रिपोर्ट नेगेभिट आएपछि  सबैलाई  २८ चैतमा घर पठाइएको थियो ।

तर पीसीआर विधिबाट काठमाडौंमा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ । उनलाई सेती प्रादेशिक अस्पताल, धनगढीमा लगेर भर्ना गरिएको छ । संक्रमित देखिएकी महिला पनि भुरुवास्थित आफन्तकहाँ गएकी थिइन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका