Samacharpati
शनिबार, जेष्ठ १७, २०७७
  • होमपेज
  • कोरोना महामारी समाप्त नभएसम्म प्रधानमन्त्रीले आफ्नो पारिश्रमिक कोरोना कोषमा संकलन गर्ने

कोरोना महामारी समाप्त नभएसम्म प्रधानमन्त्रीले आफ्नो पारिश्रमिक कोरोना कोषमा संकलन गर्ने

कोरोना महामारी समाप्त नभएसम्म प्रधानमन्त्रीले आफ्नो पारिश्रमिक कोरोना कोषमा संकलन गर्ने

काठमाडौँ, १ वैशाख  । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी समाप्त नभएसम्मका लागी आफ्नो पारिश्रमिक कोभिड–१९ प्रधानमन्त्री राहत कोषलाई दिने घोषणा गरेका छन् । नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश दिँदै प्रम ओलीले आफ्नो पारिश्रमिक कोरोना कोषमा संकलन गर्ने बताएका हुन् ।

यसैबिच राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष आगमनको यस उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, भ्रातृत्व, एकताका साथै सर्वाङ्गीण विकास र प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छिन् ।

नयाँ वर्ष २०७७ का उपलक्ष्यमा आज शुभकामना सन्देश दिँदै उहाँले यस धर्तीमा आज कोरोनाभाइरसले एक लाखभन्दा बढी मानिसको जीवन समाप्त पारिसकेको र लाखौंँलाख संक्रमणबाट प्रभावित भई जीवनका निम्ति संघर्ष गरिरहेका बेला आपसी सहयोग, लोककल्याण, त्याग र समर्पणलाई थप सशक्त तुल्याउनुपर्नेमा जोड दिएकी छिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका