Samacharpati
शनिबार, जेष्ठ १७, २०७७
  • होमपेज
  • नयाँ वर्षको दिन विहान ८ बजे घरको छत वा झ्यालबाट राष्ट्रिय गान गाउन आह्वान

नयाँ वर्षको दिन विहान ८ बजे घरको छत वा झ्यालबाट राष्ट्रिय गान गाउन आह्वान

कोरोना संक्रमण पुष्टि भए लगत्तै वीरगञ्जलाई सिलबन्दी गर्ने तयारी

नयाँ वर्षको दिन विहान ८ बजे घरको छत वा झ्यालबाट राष्ट्रिय गान गाउन आह्वान

काठमाडौं, २० चैत । कोरोना संक्रमणकाे महामारी फैलिएकाे याे घडिमा भाेलि नँया वर्षकाे अवसर पारी प्रधानमन्त्री केपी शर्मा ओलीले चिकिसत्क, नर्स तथा अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानमा  राष्ट्रिय गान गाउन र ताली बजाउन आह्वान गरेका छन् ।

यो संयुक्त राष्ट्रसंघ ग्लोबल कम्प्याक्ट नेपालले अघि सारेको कार्यक्रम हो, जसमा प्रधानमन्त्री ओलीले पनि समर्थन गरेका छन् । ग्लोबल कम्प्याक्ट नेपालले भोलि नयाँ वर्षको दिन विहान ८ बजे घरको छत वा झ्यालबाट राष्ट्रिय गान गाउन आह्वान गरेको हो ।

त्यसपछि सबैले एकसाथ ताली बजाउनुपर्ने आह्वान छ । प्रधानमन्त्री ओलीले पनि यो अभियान आफूलाई राम्रो लागेको भन्दै सहभागी हुन आह्वान गरेका छन् । उनले ट्वीट गर्दै भनेका छन्, ग्लोबल कम्प्याक्ट नेपालको अनुरोध मलाई राम्रो लाग्यो । यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु ।’

पर्साको वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भए लगत्तै वीरगञ्जलाई सिलबन्दी गर्ने तयारी गरेको छ । वीरगञ्जस्थित छपकैया जामे मस्जिदबाट स्थानीय प्रशासनले नियन्त्रणमा लिई नारायणी उप क्षेत्रीय अस्पतालमा रहेका ३ जना भारतिय नागरिकमा कोरोना देखिए लगत्तै स्थानीय प्रशासनले अहिले सिलबन्दी गरिरहेको छ ।

संक्रमित भारतीय नागरिकको अहिले नारायणी अस्पतालको आइसोलेसनमा उपचार सुरु गरिएका कारण नारायणी अस्पतालको ओपिडी सेवा समेत बन्द गरिएको स्थानीय प्रशासनले जनाएको छ । भारतबाट आएका २४ जनासहित ३३ जनाको नमुना संकलन गरी गत बिहीबार परीक्षणका लागि हेटौंडा प्रयोगशाला पठाइएकोमा ३ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका