Samacharpati
सोमवार, जेष्ठ १९, २०७७
  • होमपेज
  • पर्वत कुस्माबजार क्षेत्रमा लक डाउन उल्लंघन गर्ने १४ जना ब्यक्ति पक्राउ

पर्वत कुस्माबजार क्षेत्रमा लक डाउन उल्लंघन गर्ने १४ जना ब्यक्ति पक्राउ

पर्वत कुस्माबजार क्षेत्रमा लक डाउन उल्लंघन गर्ने १४ जना ब्यक्ति पक्राउ

पर्वत, २८ चैत । लक डाउन उल्लंघन गर्ने १४ जनालाई पर्वत प्रहरीले पक्राउ गरेको छ । पर्वतको सदरमुकाम कुस्माबजार र आसपासको क्षेत्रबाट लक डाउन उल्लंघन गरेको आरोपमा १४ जना ब्यक्ति र केही सवारी साधन प्रहरीले नियन्त्रण गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारी अनुसार लक डाउनको अबधीमा बिना पास सञ्चालनमा आएका ७ वटा सवारी साधनको चापी पनि नियन्त्रणमा लिइएको छ । लक डाउन उल्लंघन गर्ने क्रम बढेपछि प्रहरीले सक्रियता नियन्त्रणमा लिन थालेको हो ।

सोमबार पनि ११ जनालाई नियन्त्रणमा लिएको छ । लक डाउनमा कडाई गर्दै जिल्ला कार्यालयले सोमबार सुचना प्रकाशित गर्दै सडकमा अनावश्यक रुपमा हिड्डुल नगर्न सचेत गराएको थियो । कार्यालयले लक डाउनको अबधीमा पनि बिहान र साँझ पख हिड्ने क्रम बढेकोले मर्निङ्ग र इभिनिङ्ग वाल्कमा समेत रोक लगाएको छ ।

दिउँसो र साँझ बिहान समेत सडकमा हिड्नेहरुलाई प्रहरीले पक्राउ गर्ने भएको छ । कार्यालयले बिदेशबाट चैत्र महिना यता आएका मानिसहरु पनि घरमै क्वारेन्टाईनमा नबसी छिमेक र गाउँघरमा हिड्डुल गरेको, भलिबल खेल्ने, समुह बनाएर एक्लै हिड्ने गरेको पाइएकोले नजिकको स्थानिय तह र प्रहरीलाई खबर गर्न अनुरोध समेत गरेकोे छ। यसरी हिडेको पाइएमा प्रचलित कानुन अनुसार काबार्ही गर्ने सुचनामा जनाइएको छ ।

यसैबिच लक डाउनको समयमा अत्याबश्यक खाद्यय सामाग्री बिक्री गर्ने नाममा मदिरा ओसारप्रसार गरेको पाइएको छ । जि जिल्ला प्रहरी कार्यालय पर्बतबाट खटिएको बिशेष प्रहरी टोलीले फरक मिति र स्थानहरुमा चेकजाँच गर्ने क्रममा खाद्यान्न बोक्ने नाममा मदिरा ओसारेको भेटेको हो । जिल्ला प्रहरी कार्यालयले ग १ ज ७२११ र लु १ ज ३५३८ नम्बरको बोलेरो जीप चेक जाँच गर्ने क्रममा ४८ बोतल अबैध मदिरा, २ कार्टुन ड्रागन बियर र ३०० बोतल पानस नामक मदिरा नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका सवारी साधनलाई प्रचलित कानुन अनुसार आवाश्यक कारवाही गरिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका