Samacharpati
बुधबार, असार २४, २०७७
  • होमपेज
  • राहातमा कोदो बाँड्दै अन्नपुर्ण गाउँपालिका, कोरोनासंग लड्ने क्षमता बढाउँछ कोदोले ?

राहातमा कोदो बाँड्दै अन्नपुर्ण गाउँपालिका, कोरोनासंग लड्ने क्षमता बढाउँछ कोदोले ?

पाेखरा, २८ चैत । कोदो स्वास्थ्यवद्र्धक हो भन्ने त पहिल्यैदेखि नै जनमानसमा छ । अहिले विश्वमा महामारीको रुपमा फैलिरहको भइरहेको नोबेल कोरोना भाइरस प्रतिरोधी क्षमतासमेत कोदोमा रहेको विभिन्न विज्ञहरूबाट धारणा आएपछि यसको महत्व अरु बढेको हो ।

यही अध्ययन अनुसन्धानलाई मनन गर्दै कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकाले मुरीका मुरी कोदो संकलन गरेर गाउँलेलाई बाँढिरहेको छ ।

गाउँपालिकाका ११ वटै वडाबाट करिब १५ सय मुरी कोदो उठाउने लक्ष्य गाउँपालिकाको छ । यसका लागि गाउँपालिकासहित हरेक वडाका प्रतिनिधिलाई खटाइएको गाउँपालिका अध्यक्ष युवराज कुँवरले जानकारी दिनुभयो ।

कोदोमा कोरोना ‘कोभिड १९’ सँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता प्रशस्त भएको बिभिन्न स्रोतबाट जानकारी भएकाले सबै गाउँबासीलाई कोदो खान प्रेरित गर्दै अभियान थालिएको अध्यक्ष कुवँरले बताउनु भयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका