Samacharpati
शनिबार, जेष्ठ १७, २०७७
  • होमपेज
  • तनहुँको बरादीमा एक कृषि सहकारीले घरघरमै पुगेर तरकारी बिक्री शुरु

तनहुँको बरादीमा एक कृषि सहकारीले घरघरमै पुगेर तरकारी बिक्री शुरु

तनहुँको बरादीमा एक  कृषि सहकारीले घरघरमै पुगेर तरकारी बिक्री शुरु

दमौली, २७ चैत। तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीमा व्यावसायिकरूपमा तरकारी खेती हुन्छ । यहाँका करिब ५०० भन्दा बढी कृषकले व्यावसायिकरूपमा तरकारी खेती गर्छन् । उत्पादित तरकारी तनहुँभन्दा पनि बाहिरी जिल्लामा बढी मात्रामा निर्यात हुने गरेकामा लकडाउनपछि उत्पादित तरकारीले बाहिरी जिल्लामा बजार पाएको छैन ।

बाहिरी जिल्लामा तरकारी निर्यात नभएपछि तरकारी कृषक सङ्गठित भएर स्थापना भएको मिलीजुली कृषि उत्पादक कृषि सहकारी संस्थाले जिल्लाभित्रै तरकारी बिक्री वितरण शुरु गरेको छ ।

कोभिड–१९को जोखिम नियन्त्रणका लागि जारी लकडाउनमा सर्वसाधारणलाई सहजरूपमा तरकारीको व्यवस्था गर्न सहकारीले घरघरमै पुगेर तरकारी बिक्री शुरु गरेको अध्यक्ष ईश्वरबाबु गौलीले जानकारी दिनुभयो ।

सहजरूपमा तरकारीको आपूर्ति मिलाउन सहकारीले आफ्नै सवारी साधनबाट तरकारी बिक्री गरिरहेको गौलीले बताउनुभयो । गौलीका अनुसार एक हप्ता अगाडिबाट आँबुखैरेनी, खैरेनीटार, डुम्रे, दुलेगौडा, दमौलीलगायतका ठाउँमा तरकारी बिक्रीको व्यवस्था मिलाइएको छ ।

उहाँका अनुसार अहिले उत्पादनअनुसारका बन्दा, काउली, फर्सी, लौकालगायतका तरकारी बिक्री भइरहेको छ । एक हप्तापछि लहरेबाली पनि उत्पादन हुनेछ । सहकारीमा ६५० शेयर सदस्य आबद्ध छन् ।

तीमध्ये ४०० जनाले तरकारी खेती गर्ने गरेका छन् । “हिउँद र वर्षाअनुसार फरक–फरक खेती गर्ने कृषक छन्”, गौलीले भन्नुभयो, “बजारको आवश्यकता र मागलाई ध्यानमा राखेर तरकारी उत्पादन गर्छौँ ।”

सहकारीमा आबद्ध कृषकको सहकारीमा नै खाता खोलिएको छ । तरकारी बिक्रीवापतको पैसा सिधै कृषकको खातामा जम्मा गर्ने व्यवस्था मिलाइएको छ । सहकारीले गत वर्ष मासिक रु दुई लाख ५० हजारसम्मको तरकारी बिक्री गर्ने गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका