Samacharpati
सोमवार, जेष्ठ १९, २०७७
  • होमपेज
  • तत्कालका लागि रसुवागढी नाका नखोल्ने

तत्कालका लागि रसुवागढी नाका नखोल्ने

तत्कालका लागि रसुवागढी नाका नखोल्ने

काठमाडौं, २७ चैत। नेपाल प्रमुख व्यापारिक  रसुवागढी  नाका खोल्ने भनिएतापनि  तत्कालका लागि रसुवागढी नाका नखोल्ने  चीनले नेपाल सरकारलाई जानकारी गराएको छ । नेपालले अत्यावश्यक वस्तुको मात्रै आयात गर्ने सर्तमा तातोपानी नाकामात्रै खोल्ने जानकारी चीनले पठाएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

वाणिज्य मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत चैत १२ गते चीन सरकारलाई तातोपानी र रसुवागढी नाका सञ्चालनको आग्रह गर्दै पत्राचार गरेको थियो ।

नेपालले पत्राचार गरेको ९ दिनपछि परराष्ट्रलाई जवाफ पठाउँदै चीनले तत्कालका लागि तोतोपानी नाका मात्रै खोल्न सकिने जनाएको मन्त्रालय स्रोतले बतायो ।

‘चीनले कारण नखुलाई तत्कालका लागि तातोपानी नाका मात्रै खोल्ने जवाफ पठायो, यसमा पनि अत्यावश्यक वस्तु मात्रै चीनबाट आयात गर्ने सर्त राखिएकाे बताइएकाे छ ।

नेपाल प्रमुख व्यापारिक नाका तातोपानी र रसुवागढी दुवै सञ्चालनको तयारीमा थियो । नेपालले आवश्यकतानुसार आयात निर्यात दुवै व्यापारका लागि नाका खोल्न चाहे पनि चीन नेपालबाट आयातमा अनिच्छुक देखिएको छ । खड्काले भने, ‘सबै तयारी पूरा गरे पनि अन्तिममा नाका नखुल्ने जानकारी प्राप्त भयाे’ ।

हाललाई रसुवागढी नाका नखोल्ने तातोपानीबाट मात्रै चीनले नेपालसँग कारोबार गर्ने जानकारी आफूलाई आएको तातोपानी भन्सार कार्यालय प्रमुख पुण्यविक्रम खड्काले जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका