Samacharpati
सोमवार, जेष्ठ १९, २०७७
  • होमपेज
  • कोरोनाविरुद्ध लड्नका लागि साना कर्मचारी र सुरक्षाकर्मीको तलब नकाट्नोस:पूर्वअर्थमन्त्री

कोरोनाविरुद्ध लड्नका लागि साना कर्मचारी र सुरक्षाकर्मीको तलब नकाट्नोस:पूर्वअर्थमन्त्री

राष्ट्रपति, प्रधानमन्त्री र सांसदहरुको २५ प्रतिशत तलब कटौती गर्न प्रकाशचन्द्र लोहनीकाे सरकारसँग माग

कोरोनाविरुद्ध लड्नका लागि साना कर्मचारी र सुरक्षाकर्मीको तलब नकाट्नोस:पूर्वअर्थमन्त्री

काठमाडौं, २७ चैत। पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले कोरोनाविरुद्ध लड्नका लागि साना कर्मचारी र सुरक्षाकर्मीको तलब काट्न नहुने  सुझाव दिएका छन । बरू राष्ट्रपति, प्रधानमन्त्री र सांसदहरुको २५ प्रतिशत तलब कटौती गर्न सरकारसँग माग गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्षसमेत रहेका पूर्वमन्त्री लोहनीले उच्च राजनीतिक आहोदामा बसेकाहरुको एक वर्षको तलब २५ प्रतिशत घटाउने हो भने महामारीविरुद्ध लड्न आर्थिक अभाव नहुने बताए । यसो गर्दा राष्ट्रको ढुकुटीमा अर्बौं रुपैयाँ जम्मा हुने उनको आकलन छ ।

‘राष्ट्रपति, संवैधानिक अंगका सबै पदाधिकारीहरु र प्रधानमन्त्री, मन्त्रीदेखि सांसदसम्मको तलब र भत्ता एक वर्षको २५ प्रतिशत काटियो भने पैसाको कमी हुँदैन ।’ पूर्वअर्थमन्त्री लोहनीले भनेका छन ।

निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम पनि महामारीविरुद्धको अभियानमा लगाउनुपर्ने डा. लोहनीको प्रस्ताव छ । ‘सांसद् विकास कोषको रकम यतापट्टि लगाउनुपर्छ । सांसद विकास कोषको रकमबाटै ३/४ अर्ब आउँछ ।’

राष्ट्रपति, प्रधानमन्त्री र सांसदहरुको तलब नकाटी साना कर्मचारी र सुरक्षाकर्मीको मात्र कटौती गर्न नमिल्ने डा. लोहनीको तर्क छ । उनी भन्छन्, ‘कर्मचारीहरुको तलब नकाट्नोस्, प्रहरीको पनि काट्नुहुँदैन ।’

पूर्वअर्थमन्त्री डा. लोहनीले विकास बजेट कसरी परिचालन गर्ने र खाद्यान्नको जोहो कसरी गर्ने भन्नेबारेमा पनि सरकारले सोच्नुपर्ने बताएका छन ।

‘विकास बजेट त यसै पनि कामै नहुने भइहाल्यो । विकास बजेटको बजेटको पैसा केमा लगाउने, त्यसको पनि एउटा विधि बनाउनुपर्‍यो’ उनले भने, ‘सबैभन्दा महत्वपूर्ण कुरा त खाद्यान्न नै हो । खाद्यान्नको बचत कति छ, के छ, यी सबै कुराहरु सरकारले हेर्नुपर्‍यो ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका