Samacharpati
सोमवार, जेष्ठ १९, २०७७
  • होमपेज
  • आफ्नै खर्चबाट डोटीका सांसद आलेद्धारा स्वास्थ्य कार्यलयलाई स्वास्थ्य सामाग्री सहयोग

आफ्नै खर्चबाट डोटीका सांसद आलेद्धारा स्वास्थ्य कार्यलयलाई स्वास्थ्य सामाग्री सहयोग

आफ्नै खर्चबाट डोटीका सांसद आलेद्धारा स्वास्थ्य कार्यलयलाई स्वास्थ्य सामाग्री सहयोग

काठमाडौं, २७ चैत । डोटी १ बाट निर्वाचित नेकपाका सांसद प्रेमबहादुर आलेले आफ्नै खर्चबाट जिल्लामा स्वास्थ्य कार्यलयलाई स्वास्थ सामग्री सहयोग गरेका छन । स्वास्थ्य सामग्रीको अभावमा कोरोना भाइरस परीक्षण गर्न समस्या भएकाले आलेले आफ्नै खर्चमा  हेलिकोप्टरमार्फत जिल्लामा सामग्री पठाएको बताएका छन ।

सांसद आलेले जिल्लामा स्वास्थ्य सामग्री पुगेपछि कोरोना भाइरसको उपचार र परीक्षणमा सहज हुने विश्वास लिएका छन् । उनले २ सय वटा सेनिटाइजर, १ सय थान पीपीई सेट, गमबुट ३५ जाेडी, ग्लोब्स १२ सय प्रति, मास्क १२ सय वटा, साइरेक्स पाउडर ३० बोतल, हेड क्याप १ हजार थान, स्वाब परीक्षण गर्ने भीटीएम् ३ सय ५ थानलगातका अत्यावश्यक सामग्री पठाएका हुन् ।

प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेललाई सांसद आलेले उपलव्ध गराएका सामग्री जिल्ला स्वास्थ्य अधिकृत रमेश मलासीले पाइसकेका छन् । जिल्लाका विभिन्न ठाउँमा स्वास्थ्य केन्द्र स्थापना गरी नागरिकको स्वास्थ्य परीक्षण गर्न सहज हुने सांसद आलेले बताएका थिए ।

विशेषगरी भारतबाट आएका नागरिकमा स्वाव परीक्षण हुने र आवश्यकता अनुसार अन्यलाई पनि परीक्षण गरी उपचारमा सहज हुने उनको विश्वास छ । कोरोना भाइरसको संक्रमण फैलन नदिन जनप्रतिनिधिको हैसियतले आफ्नो तर्फबाट केही पहल गरेको सांसद आलेको भनाई  रहेकाे छ ।

उनले संघका विभिन्न मन्त्रालयका साथै, प्रदेशका मन्त्रालय र स्थानीय तहसँग पनि समन्वय भइरहेको जनाएका छन । आलेले जिल्लाको विकासका लागि संघबाट धेरै योजनाहरु पनि पारिसकेका छन् । उनी आफू जनताको प्रतिनिधि भएकाले सबै समय जनता र देशको विकासमा खर्चने विश्वास दिलाउँछन् । उनी २०७० सालको संविधानसभाको निर्वाचनमा पनि डोटीबाट निर्वाचित भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका