Samacharpati
शनिबार, जेष्ठ २४, २०७७
  • होमपेज
  • काेराेना सङ्क्रमणबाट बचाउँन झापा कारागारका कैदीबन्दीलाई मास्क र स्यानिटाइजर

काेराेना सङ्क्रमणबाट बचाउँन झापा कारागारका कैदीबन्दीलाई मास्क र स्यानिटाइजर

काेराेना सङ्क्रमणबाट बचाउँन झापा कारागारका कैदीबन्दीलाई मास्क र स्यानिटाइजर

भद्रपुर, २६ चैत प्रदेश नं १ का सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले कोभिड–१९ को सङ्क्रमणबाट झापा कारागारका कैदीबन्दीलाई जोगाउन मङ्गलबार अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउनुभएको छ । उहाँले उपलब्ध गराउनुभएको सामग्रीमा एक हजार १०० मास्क, चार कार्टुन स्यानिटाइजर र केही ग्लोब्स रहेको झापा कारागारका प्रमुख राजेन्द्र निरौलाले जानकारी दिनुभयो ।

झापा कारागारमा हाल ७७ महिलासहित एक हजार ९७ कैदीबन्दी छन् । डेढ महिनादेखि सरकारी सिदा नपाएको र भेटघाट बन्दका कारण आफन्तसँग सहयोग लिनसमेत नपाएकाले साबुन, स्यानिटाइजर, मास्क, दाँत माझ्ने ब्रस र मञ्जन किन्न नसकेर दैनिकी कष्टकर बन्दै गएको कैदीबन्दीले बताउँदै आएका थिए ।

प्रदेश सरकारले स्थापना गरेको ‘कोरोना जनसुरक्षा कोष’मा मङ्गलबार थप रु २० लाख जम्मा भएको छ । कोषमा अहिलेसम्म रु ११ करोड ८५ लाख ७४ हजार ५५० जम्मा भइसकेको छ । प्रदेश सरकारको कोषमा रकम दाखिला गर्दा गर्नेको नाम, ठेगाना स्पष्ट उल्लेख गरी बैंक दाखिला गरेको आवश्यक विवरण मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई इमेल गरी पठाउन आग्रह गरिएको छ । राष्ट्रिय वाणिज्य बैङ्क विराटनगर शाखाको कोरोना जनसुरक्षा कोष खाता नं २१२०००५८८१०१ मा जम्मा गर्न तथा फोन पेबाट पनि रकम जम्मा गर्न सकिने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

कोषमा बैंक, सङ्घसंस्था, उद्योगी, व्यवसायी तथा विभिन्न क्षेत्रका दाताबाट सहयोग गर्ने क्रम जारी छ । कोरोना भाइरस सङ्क्रमित बिरामीहरुलाई उपचार गर्ने प्रदेशको एक मात्र कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्रलाई मङ्गलबार विभिन्न सङ्घसंस्थाले रु १३ लाख ३० हजार ७१५ बराबरको स्वास्थ्य सामग्री सहयोग उपलब्ध गराएका छन् । उपलब्ध गराइएका सामग्रीमा रु सात लाख ७६ हजार १७३ बराबरको ३० वटा श्यया, रु चार लाख ६४ हजार ५४२ बराबरको व्यक्तिगत सुरक्षा उपकरण, रु ६० हजार बराबरको कार्डिक मोनिटर र रु ३० हजार बरारको पल्स अक्सिमिटर रहेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका