Samacharpati
सोमवार, जेष्ठ १९, २०७७
  • होमपेज
  • ११ र १२ को वार्षिक परीक्षा अनिश्चितकालका लागि स्थगित

११ र १२ को वार्षिक परीक्षा अनिश्चितकालका लागि स्थगित

११ र १२ को वार्षिक परीक्षा अनिश्चितकालका लागि स्थगित

काठमाडौँ, २५ चैत। कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले कक्षा ११ र १२ को वार्षिक परीक्षा स्थगित गरेको छ । २०७७ बैशाख ८ गतेबाट कक्षा १२ को परीक्षा  र बैशाख २१ गतेबाट ११ को परीक्षा  सुरु गर्ने कार्यतालिका थियो ।

तर, कोरोना संक्रमणको जोखिमका कारण यी दुवै परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले  मंगलबार बसेको बैठकले अर्को सूचना नआएसम्मका लागि परीक्षा स्थगन गर्ने निर्णय गरेको जानकारी दिएका छन । ११ र १२ को परीक्षाका लागि प्रश्नपत्र छापिइसकेको  थियाे, भने प्रश्नपत्र ढुवानी गरेर जिल्लामा पुर्याउन  काम बाँकी थियो ।

बोर्डले परीक्षा स्थगित गरिएको जानकारी दिँदै प्रदेश परीक्षा व्यवस्थापन कार्यालय तथा शाखा कार्यालयहरुलाई सोहीअनुसार गर्न निर्देश गरेको छ । परीक्षाको नयाँ तालिका अवस्थामा सुधार  भएलगत्तै सार्वजनिक गर्ने बोर्डद्वारा जारी सूचनामा उल्लेख छ ।

परीक्षामा कक्षा ११ र १२ का कूल नौ लाख ६२ हजार विद्यार्थी सहभागी हुने भएका थिए । बोर्डले देशभर एक हजार १४७ परीक्षा केन्द्र निर्धारण गरेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका