Samacharpati
सोमवार, जेष्ठ १९, २०७७
  • होमपेज
  • १०६ सीमानाकामा पाँचहजार ७३० प्रहरी परिचालन

१०६ सीमानाकामा पाँचहजार ७३० प्रहरी परिचालन

१०६ सीमानाकामा पाँचहजार ७३० प्रहरी परिचालन

वीरगञ्ज, २५  चैत । कोरोना भाइरस (कोभिड –१९ )को जोखिम हुन नदिन प्रदेश २ प्रहरी कार्यालयले नेपाल भारत सीमानाकामा थप कडाइ गरेको छ । यसका लागि आठ जिल्लाका १०६ सीमानाकामा पाँचहजार ७३० प्रहरी परिचालन गरिएको कार्यालयले जनाएको छ । सीमानाकाबाट नेपाल प्रवेशलाई पूर्ण रोक लगाइएको कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक तिलक सुनारले जानकारी दिनुभयो ।

लकडाउनका समयमा नाकाबाट लुकिछिपि स्वदेश फर्किनेक्रम नरोकिएपछि प्रहरीले सीमामा थप कडाइ गरेको हो । भारतबाट स्वदेश फर्किनेको प्रहरीले स्थानीय तहको सहयोगमा खोजी कार्य जारी राखेको छ । प्रहरीले नाकाबाट लुकिछिपि नेपाल प्रवेश गर्ने ४६ जना भारतीयलाई पक्राउ गरी क्वारेन्टाइनमा राखेको जनाएको छ ।

लकडाउनलाई प्रदेशका आववटै जिल्लामा प्रभावकारी कार्यान्वयन भइराखेको छ । कोरोना भाइरस सङक्रमणको आशंका गरिएका विरामीलाई परीक्षण गर्न प्रदेश २ मा १४ वटा अस्पतालमा १७६ श्यया, १७ वटा अस्पतालमा १६२ आइसोलेसन श्यया र १९ वटा क्वारेन्टाइन स्थापना गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका