Samacharpati
सोमवार, जेष्ठ १९, २०७७
  • होमपेज
  • ‘अहिले सबैभन्दा ठूलो चुनौती स्वास्थ्य उपकरणहरुको आपूर्ति हाे’ : प्रधानमन्त्री

‘अहिले सबैभन्दा ठूलो चुनौती स्वास्थ्य उपकरणहरुको आपूर्ति हाे’ : प्रधानमन्त्री

‘अहिले सबैभन्दा ठूलो चुनौती स्वास्थ्य उपकरणहरुको आपूर्ति हाे’ : प्रधानमन्त्री

काठमाडौं, २५ चैत। प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेनालाई दिने निर्णयको बचाउ गरेका छन् । मंगलबार देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने नागरिकको जीवनरक्षाभन्दा महत्वपूर्ण कुरा अरु हुन नसक्ने बताएका छन् ।अहिले सबैभन्दा ठूलो चुनौती स्वास्थ्य उपकरणहरुको आपूर्ति भएको उनले बताएका छन् ।

ओम्नी समूहसँग गरेको विवादास्पद सम्झौता रद्द गरेपछि सरकारले स्वास्थ्य सामग्री आपूर्तिको जिम्मा सेनालाई दिएको छ । तर, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रै र बाहिरबाट पनि सरकारको निर्णयको आलोचना भएको छ ।

’प्रधानमन्त्री ओलीले भने, ‘तर कामै गर्न नसक्ने र प्रक्रिया नै सुरु हुन नसक्ने गरी गरिने मिथ्या प्रचारले अप्ठ्यारो अवस्थामा काम गरिरहेका व्यक्तिहरुलाई निरुत्साहित मात्रै गर्छ भन्नेमा सबैले ध्यान दिनुपर्छ भन्ने मेरो आग्रह छ ।’

यद्यपि सरकारका कामकारबाहीहरू विधिसम्मत हुनुपर्ने र संवैधानिक अङ्गहरुले गर्ने अध्ययन र फैसलाका लागि सरकार तयार रहेको बताएका छन् ।

समाजमा उठ्ने गरेका तथा मिडिया र सामाजिक सञ्जालमा आएका आलोचना, टिप्पणी र सुझावप्रति आफ्नो पर्याप्त ध्यान गएको ओलीले बताएका छन् ।

सरकारलाई असफल देखाउन र आफ्ना निहित स्वार्थ पूरा गर्न चलाइएका प्रचारबाजी बेमौसमी बाजा भएको भन्दै उनले भने, ‘यस्तो प्रवृत्ति किमार्थ प्रशंसनीय हुन सक्दैन ।’ बताएका छन् ।

 

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका