Samacharpati
सोमवार, जेष्ठ १९, २०७७
  • होमपेज
  • ‘आउने दुई साता सायद हाम्रा लागि थप चुनौतिपूर्ण हुन सक्छन्’ : प्रधानमन्त्री

‘आउने दुई साता सायद हाम्रा लागि थप चुनौतिपूर्ण हुन सक्छन्’ : प्रधानमन्त्री

‘आउने दुई साता सायद हाम्रा लागि थप चुनौतिपूर्ण हुन सक्छन्’ : प्रधानमन्त्री

काठमाडौं, २५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै कोरोना भाइरसको सङ्क्रमण रोकथाम र उपचारमा युद्धस्तरमा काम भइरहेको जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड १९) को संक्रमणमा आगामी दुई साता थप चुनौतीपूर्ण हुनसक्ने बताएका छन् ।

प्रधानमन्त्री ओली सरकार, राजनीतिक दल र सबैको संयुक्त कमाण्डका रुपमा सङ्घीय सरकारले सञ्चालन गरेको कोरोना रोकथाम र नियन्त्रण व्यवस्थापन केन्द्र (सिसिएमसी) ले युद्धस्तर र समन्वयात्मकरुपमा काम गरिरहेको उल्लेख गरेका हुन् ।

मंगलबार देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संक्रमितको संख्या ९ मा सिमित राख्न सकेपनि अझै उच्च जोखिममा रहेको बताएका हुन् । ‘आउने दुई साता सायद हाम्रा लागि थप चुनौतिपूर्ण हुन सक्छन्’ उनले भने, ‘यो अवधि कोरोनाको लक्षण प्रकट हुने मात्र होइन, समुदायमा फैलिने उच्च जोखिमको अवधि पनि हो । महामारीको संक्रमण फैलिन नदिन हाम्रा सारा प्रयास केन्द्रित गरिनेछ ।’ओलीले भनेका छन ।

उनले चर्को गर्मीको पर्वाह नगरी स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु निरन्तर खटिरहेकामा उच्च प्रशंसा गर्दै यसमा सबैको सचेततापूर्वक साथ र सहयोगको अपेक्षा व्यक्त गरेका छन ।

समुदाय स्तरको परीक्षणका लागि संभावित जोखिम रहेका जिल्ला र क्षेत्र तय गरी जनशक्ति परिचालन गरिसकेको भन्दै उनले थप सुनिश्चितताका लागि क्वारेन्टाइन अवदि पुरा गरेकाहरुको पनि परीक्षण गरिने बताएका छन ।

यसै साताबाट प्रयोग ल्याइएको र्‍यापिड डायग्नोस्टिक टेष्टले समुदायमा संक्रमणको स्थिति पत्ता लगाउन सहयोग पुग्ने उनको विश्वास छ । ‘यस परीक्षण मार्फत् संभावित संक्रमितको स्क्रीनिङ्ग गर्ने र दोहोरो परीक्षणबाट संक्रमित भएरनभएको सुनिश्चित गरिनेछ’ ओलीले भने ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका