Samacharpati
शनिबार, जेष्ठ १७, २०७७
  • होमपेज
  • तनहुँ बाँसपानीमा आगलागी हुँदा दुई घर जलेर पूर्णरूपमा क्षति

तनहुँ बाँसपानीमा आगलागी हुँदा दुई घर जलेर पूर्णरूपमा क्षति

तनहुँ बाँसपानीमा आगलागी हुँदा दुई घर जलेर पूर्णरूपमा क्षति

तनहुँ,२५  चैत । तनहुँको व्यासनगरपालिका–७ स्थित सामली बाँसपानीमा सोमबार आगलागी हुँदा दुई घर जलेर पूर्णरूपमा क्षति भएको छ । विद्युत् सर्ट भई अचानक घरमा आगलागी हुँदा स्थानीय तिलविक्रम परियार र गोकर्ण परियारको करिब रु १३ लाख बराबरको धनमाल क्षति भएको हो ।

तिलविक्रमको रु सात लाख र गोकर्णको रु छ लाख बराबरको क्षति भएको वडाध्यक्ष सतिशचन्द्र न्यौपानेले जानकारी दिनुभयो । घटना भएको जानकारी पाएलगत्तै प्रहरीसहितको टोली आगो नियन्त्रणका लागि गए पनि नियन्त्रणमा लिन नसकिएको उहाँले बताउनुभयो । “आगो नियन्त्रणका लागि झण्डै दुई घण्टा लाग्यो तर पनि आगो नियन्त्रणमा लिन सकिएन”, उनले भने

आगलागी भएपछि दुई घरका १५ जनाको यतिबेला बिचल्ली भएको छ । उनीहरुको खान बस्नका लागि सामली बाँसपानी टोल विकास संस्थालाई जिम्मा लगाइएको उहाँले जानकारी दिनुभयो । वडामार्फत पनि उनीहरुलाई राहतको लागि व्यवस्था गर्न लागिएको बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका