Samacharpati
सोमवार, जेष्ठ १९, २०७७
  • होमपेज
  • दरबाङ बजार प्रवेश गर्ने मूल सडकमै स्थानीयवासीले लगाए भोटेताल्चा

दरबाङ बजार प्रवेश गर्ने मूल सडकमै स्थानीयवासीले लगाए भोटेताल्चा

दरबाङ बजार प्रवेश गर्ने मूल सडकमै स्थानीयवासीले लगाए भोटेताल्चा

म्याग्दी, २५ चैत। कोरोना भाइरसको संक्रमणको जोखिमबाट जोगिन म्याग्दीको दोस्रो ठूलो व्यापारिक केन्द्र दरबाङ बजार प्रवेश गर्ने मूल सडकमै स्थानीय जनप्रतिनिधिको रोहबरमा स्थानीयवासीले भोटेताल्चा लगाएका छन् ।

आपत्कालीनबाहेक आवतजावत बन्द गरिएको मालिका गाउँपालिका–६ दरबाङका वडाध्यक्ष सन्तनाथ सुवेदीले बताएका छन । लुकीछिपी आवतजावत बढेपछि म्याग्दीको दोस्रो व्यापारिक केन्द्र दरबाङबजार नजिकै छ्यारछ्यारेमा फलामेबार राखेर ताल्चा लगाइएको उनले बताएका छन ।

पश्चिम म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकासँगै छिमेकी बागलुङ र रुकुम जिल्लाबाट आवतजावत नरोकिएपछि कोरोना भाइरसको संक्रमणकाे खतराबाट बच्न सडकमै ताल्चा लगाएर बन्द गर्नुपरेको अध्यक्ष सन्तनाथ सुवेदीले बताएका हुन ।

मालिकासँगै बागलुङको तमान, लाम्मेला र रुकुमबाट समेत मान्छेहरु आउन थालेकाले बाध्य भएर सडकमा कडाइ गर्नुपरेको दरबाङका समाजसेवी गोपाल रेग्मीले बताएका छन ।

वडाध्यक्ष सुवेदीका अनुसार एक गाउँबाट अर्को गाउँ आवतजावत मा थप कडाइ गर्ने गरी प्रहरीसहित छ युवा खटाइएको छ । छिमेकी जिल्लाका कारण दरबाङसमेत जोखिममा परेपछि स्थानीयवासीले बिरामी र अत्यावश्यक परेकालाई सहज हुने गरी वडाध्यक्ष सुवेदी, इलाका प्रहरी कार्यालय र लायन्स क्लब अफ दरबाङका पूर्वअध्यक्ष हीरा पुनलाई साँचो दिइएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका