Samacharpati
बुधबार, असार २४, २०७७
  • होमपेज
  • गण्डकी प्रदेशमा कोरोना नियन्त्रणका लागि सुरक्षा संयन्त्रलाई डेढ करोड निकासा

गण्डकी प्रदेशमा कोरोना नियन्त्रणका लागि सुरक्षा संयन्त्रलाई डेढ करोड निकासा

गण्डकी प्रदेशमा कोरोना नियन्त्रणका लागि सुरक्षा संयन्त्रलाई डेढ करोड निकासा

पोखरा, २५ चैत । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथाम, नियन्त्रण र ब्यवस्थापनका लागि गण्डकी सरकारले थप डेढ करोड रुपैैयाँ जिल्ला तहलाई निकासा दिएको छ ।

मन्त्रिपरिषद् बैठकले सबै जिल्ला प्रशासन मार्फत सुरक्षा संयन्त्रलाई चुस्त बनाईराख्न १ करोड ४५ लाख रुपैयाँ निकासा दिने निर्णय गरेको हो ।

प्रदेशभित्रका मनाङ र मुस्ताङ जिल्लालाई ५/५ लाख र अरु ९ वटा जिल्लालाई १५/१५ लाखका दरले उपलब्ध गराईने सरकारका प्रबक्ता रामशरण बस्नेतले जानकारी दिए ।

उनका अनुसार जिल्ला तहमा कोरोना रोगको नियन्त्रण र ब्यवस्थापन बारे विभिन्न निकायले गरेका कामको अनुगमन गर्न, गाडीको इन्धन र मर्मतका लागि यो रकम खर्च गर्ने छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका