Samacharpati
सोमवार, जेष्ठ १९, २०७७
  • होमपेज
  • लकडाउनमा दिनचर्या चलाउन समस्या भएको मजदुरहरुलाई राहत बितरण

लकडाउनमा दिनचर्या चलाउन समस्या भएको मजदुरहरुलाई राहत बितरण

लकडाउनमा दिनचर्या चलाउन समस्या भएको मजदुरहरुलाई राहत बितरण

पोखरा, २४  चैत। कोरोना भाईरसको महामारीका कारण सरकारले गरेको लकडाउनमा दिनचर्या चलाउन समस्या भएको मजदुरहरुलाई राहत बितरण गरिएको छ ।

ड्राईभिङ्ग स्कुल संघ गण्डकीले पोखरा महानगरपालिका वडा नं ९ मा रहेका ४१ घरधुरी लाई वडा कार्यलयको सहकार्यमा राहत बितरण गरिएको हो । संघले चामल, दाल, घिऊ,चिनी तथा साबुन बितरण गरेको वडा नं ९ का वडासचिव लोकदर्शन कोईरालाले जानकारी दिएका छन ।

सरकारले घोषणा गरेको राहतमा अपुग भएका अति आबस्यक मजदुर र उनका परिवारको लागि राहत बितरण गरिएको जनाइएको छ । पोखरा महानगरपालिकाले वडास्तरमा बिनियोजन गरेको बजेट सिमित भएका कारण बजेट अपुग भएर राहतबाट बन्चीत भएका घरधुरीलाई सस्थाको सामाजिक उत्तरदायित्व अन्र्तगत राहत बितरण गरिएको संघका अध्यक्ष उमेश सि.के. ले जानकारी दिए ।

बितरणमा वडा सदस्य , बिभिन्न राजनितिक दलका प्रतिनिधी, ड्राईभिङ्ग स्कुल संघका नि बर्तमान अध्यक्ष मोहन गुरुङ्ग , संघका गण्डकी प्रथम उपाध्यक्ष नारायण प्रसाद आचार्य लगायतको उपस्थिती रहेको थियो । करिव ५० हजार बराबरको राहत सामाग्री बितरण गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका