Samacharpati
शनिबार, जेष्ठ १७, २०७७
  • होमपेज
  • मन्त्रिपरिषद्को बैठककाे निर्णय:बैशाख ३ सम्म लकडाउन लम्ब्याउने

मन्त्रिपरिषद्को बैठककाे निर्णय:बैशाख ३ सम्म लकडाउन लम्ब्याउने

मन्त्रिपरिषद्को बैठककाे निर्णय:बैशाख ३ सम्म लकडाउन लम्ब्याउने

 काठमाडौं, २४ चैत ।  सोमबार अपराह्न सकिएको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । सरकारले लकडाउन ८ दिन थप गरेको छ ।

कोरोना भाइरस (कोभिड-१९)को दोस्रो संक्रमित भेटिएपछि सरकारले चैत ११ बाट १८ गते बिहान छ बजेसम्मका लागि लकडाउन घोषणा गरेको थियो । त्यो अवधि पूरा नहुँदै २५ गतेसम्म थपियो । तर, यो अवधिका कोरोना संक्रमण स्थानीय स्तरमा भेटिएपछि सरकारले एक स्थानीय तहबाट अर्को स्थानीय तहमा समेत अवतजावतमा कडाइ गरेको थियो ।

कोरोना भाइरस संक्रमित  बढ्दै गएपछि  सरकारले लकडाउनको अवधि तेस्रो पटक थपेको हो । साथै, कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले लकडाउनको अवधि थप गर्न सिफारिस गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका