Samacharpati
आइतवार, असार २८, २०७७
  • होमपेज
  • लकडाउन लम्ब्याउने सरकारको तयारी, मन्त्रिपरिषद् बैठक बस्दै

लकडाउन लम्ब्याउने सरकारको तयारी, मन्त्रिपरिषद् बैठक बस्दै

लकडाउन लम्ब्याउने सरकारको तयारी, मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं, २४ चैत । सरकारले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिन नदिन लकडाउन लम्ब्याउने भएको छ ।

यसबारे निर्णय गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् । स्रोतकाअनुसार कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकमा पनि यसबारे छलफल भएको थियो । मन्त्रिपरिषद् बैठकले कम्तिमा एक साता बढी लकडाउन लम्ब्याउन सक्ने सरकारका एक मन्त्रीलाई उदृत गर्दै अनलाईनखबरले उल्लेख गरेको छ ।

नेपालमा दोस्रो संक्रमण देखिएपछि सरकारले ११ चैतबाट १८ गते बिहान ६ बजेसम्मका लागि लकडाउन गरेको थियो । त्यो अवधिमा संक्रमितको संख्या थपिएपछि यसलाई ८ दिन लम्ब्याइएको छ, जुन २५ गते १२ बजेसम्म रहनेछ ।

तर यो बीचमा कैलालीको धनगढी–५ मा विदेशबाट आएका एक संक्रमितको परिवारका सदस्यमा पनि कोरोना संक्रमण देखिएको छ भने भारतबाट आएका दुई जनामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका