Samacharpati
बिहिबार, जेष्ठ २२, २०७७
  • होमपेज
  • लकडाउन भएपनि किसानलाई बाली लगाउन र भित्र्याउन दिइने

लकडाउन भएपनि किसानलाई बाली लगाउन र भित्र्याउन दिइने

लकडाउन भएपनि किसानलाई बाली लगाउन र भित्र्याउन दिइने

काठ्माण्डौ, २४ चैत । खेतबारीमा बाली लगाउनुभएको छ ? थन्क्याउने बेला भयो ? कि चैते धान रोप्ने बेला भयो तर लकडाउन छ भनेर चिन्तामा हुनुहुन्छ ? चिन्ता नलिनुस, सरकारले किसानहरुलाई बाली लगाउन थन्क्याउन दिने भएको छ ।

तर सावधानी अपनाउनुहोस, कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन भएपनि सरकारले किसानहरुलाई बाली लगाउन र थन्क्याउन दिन तर किसानले साबधानी अपनाएको नअपनाएको बारे अनुगमन गर्ने जनाएको छ ।

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीका अनुसार तत्काल लगानुपर्ने र थन्क्याउनुपर्ने बालीको सम्बन्धमा किसानलाई लागनउ र उठाउन दिने निर्णय भएको छ । उहाँका अनुसार बाली लगाउँदा र थन्क्याउदा किसानले न्युनतम सावधानी भने अपनाउनुपर्नेछ । कोरोना भाइरस फैलिन नदिनका लागि अपनाउने सावधानी र मापदण्ड पालना गरे नगरेको सम्बन्धित स्थानीय तह र त्यहाँका सुरक्षा निकायले अनुगमन गर्ने व्यवस्था मिलाइएको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।

कोरोना भाइरस फैलिन नदिन सरकारले देशभर लकडाउन गरेको छ । चैत ११ गतेदेखि सुरु भएको लकडाउन यहि २५ गतेसम्म रहनेछ । तर कोरोना भाइरसको संक्रमितको संख्या बढ्दै गएका कारण लकडाउन लम्बिन पनि सक्ने बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका