Samacharpati
शनिबार, जेष्ठ १७, २०७७
  • होमपेज
  • धादिङ बेनिघाटमा दादुराको महामारी, दुई बालबालिकाकाे मृत्यु

धादिङ बेनिघाटमा दादुराको महामारी, दुई बालबालिकाकाे मृत्यु

धादिङ बेनिघाटमा दादुराको महामारी, दुई बालबालिकाकाे मृत्यु

धादिङ,२४  चैत । कोरोना संक्रमणको त्रास बढिरहेका बेला धादिङको बेनिघाट रोराङ गाउँपालिका ६ मा भने दादुराको महामारी फैलिएको छ। दादुरा रुवेलाको खोप अभियान सुरु भएकै बेला बुमराङ, रोतेश, सोलडाँडा, सार्लिङलगायत चेपाङ बस्तीमा दादुरा फैलिएपछि दुई बालबालिकाको ज्यान गएको छ।

५० भन्दा बढी  दादुराबाट  बिरामी परेका छन्। सन्तबहादुर चेपाङ र सोल्टीमायाकी २९ महिनाकी छोरी अनुशाको चैत ११ गते र मम्राङकी आशाकुमारी चेपाङको ८ महिने छोरो शसान्तको १५ गते मृत्यु भएको गाउँपालिकाले जनाएको छ। फागुन ४ गते उपचारका लागि चरौंदी आधारभूत स्वास्थ्य चौकी आएका बेला चेपाङ बस्तीका चार जना बालबालिकालाई दादुरा हुन सक्ने आशंका गरिएको थियो।

गाउँपालिकाका स्वास्थ्य संयोजक शंकरबाबु दुवाडीले भने, ‘दादुराका शंकास्पद बिरामी देखिएपछि गाउँपालिकाले गम्भीर बिरामीलाई कान्ति अस्पताल पठाएको थियो, उपचार गराउन ढिलो हुँदा २ जनाको ज्यान गएको छ।’ त्यसयता चेपाङ बस्तीका ६ महिनादेखि १५ बर्ष उमेर समूहका ५० भन्दा बढीलाई दादुराको प्रकोप देखिएको छ। फागुन १८ गते स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा र स्वास्थ्य कार्यालय धादिङको टोलीले स्थलगत अध्ययन गरी दादुराको महामारी (आउटब्रेक) भएको निश्चित गरेको थियो।

फागुन २३ र २६ गते गाउँमै खोप केन्द्र स्थापना गरी खोप लगाइएको र घरघरमा पुगेर खोप लगाउन आग्रह गरिएको वडाध्यक्ष देवकृष्ण आलेले बताए। उनले भने, ‘दादुरा फैलिएपछि मात्रै करिब २ सय जनालाई खोप दिइएको छ, लकडाउनको समाप्तिसँगै घुम्ती शिविर सञ्चालन गरेर बचेखुचेका ५ वर्षमुनिकालाई दादुरालगायत आधारभूत खोप सेवा दिने योजना बनाएका छौं।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका