Samacharpati
बिहिबार, जेष्ठ २२, २०७७
  • होमपेज
  • ९ दिनसम्म पनि उठेन कोरोना अस्पतालबाट बाबुरामको शव

९ दिनसम्म पनि उठेन कोरोना अस्पतालबाट बाबुरामको शव

९ दिनसम्म पनि उठेन कोरोना अस्पतालबाट बाबुरामको शव

बुटवल, २४ चैत । गत चैत १६ गते दिउसो पाल्पाको रिब्दिकोटका ३४ वर्षका बाबुराम थापाको कोरोना विशेष (अस्थायी) अस्पताल बुटबलमा मृत्यु भएको थियो । उनको मृत्यु भएको ९ दिन भईसकेको छ, तर अहिलेसम्म उनको शब उठ्न सकेको छैन ।

उनको मृत्यु अस्पतालको लापरबाहीको कारणले भएको भन्दै मृतकका आफन्तले छानविन गरि उचित क्षतिपुर्तीको माग गर्दै आएका छन् । यता सरकारी पक्षबाट यससम्बन्धी औपचारिक धारणा अझै आएको छैन । शव उठाउने पहल नगरेको भन्दै सरकारको आलोचना भइरहेको छ । सरकारले आफ्नो कमजोरी ढाकछोप गर्न आफ्ना मागमाथि बेवास्ता गरेको भन्दै मृतकको परिवार रुष्ट छ ।

पत्नी रिता थापा, रिताका दाजु कमल टण्डन लगायत आफन्तले कोरोना विशेष अस्पतालले बाबुराम थापा भर्ना भएदेखि मृत्यु हुँदासम्मको सीसीटीभी फुटेज सार्वजनिक गर्न माग समेत गरेका छन् ।

लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले थापाको उपचारमा लापरवाही नभएको दावी गरेका छन् । उनले कोरोना विशेष अस्पतालमा सीसीटीभी जडान गरिएको तर फुटेज हेर्न मिल्ने–नमिल्नेबारे आफू मात्रै बोल्न नमिल्ने बताए ।

अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईले अस्पतालले चैत १७ गते नै शव बुझ्न आउन मृतक परिवारलाई भनेको तर लकडाउनका कारण शव लिन नआएको हुन सक्ने प्रतिक्रिया दिए ।

नेपाली कांग्रेस, समाजवादी पार्टी, राट्रिय प्रजातन्त्र पार्टी, साझा पार्टी र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले समेत थापाको मृत्यु अस्पतालको लापरवाही र आवश्यक उपचार उपकरणको अभावमा भएको दाबी गर्दै घटनाको छानबिन गर्न र पीडित परिवारलाई राहत दिन माग गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका