Samacharpati
मङ्लबार, असार २३, २०७७
  • होमपेज
  • न्युयोर्कमा कोरोनाबाट चारजना नेपालीको निधन

न्युयोर्कमा कोरोनाबाट चारजना नेपालीको निधन

न्युयोर्कमा कोरोनाबाट चारजना नेपालीको निधन

वाशिङटन डिसी, २४ चैत ।  अमेरिकाको न्युयोर्कमा रहेका चारजना नेपालीको शनिबार कोरोनाका कारण निधन भएको छ । यस अगाडि ५० वर्षीय अनिल लिम्बूको निधन भएको थियो । योसँगै अमेरिकामा कोरोनाका कारण निधन हुनेको सङ्ख्या पाँच पुगेको छ ।

शनिबार अरू चारजनाको निधन भएको हो । यसरी निधन हुनेमा ४० वर्षीय सोनाम लामा, ४८ वर्षीय थोक्मे बिष्ट, निमा टेम्बा शेर्पा र अजयमान छोचु रहनुभएको छ ।

सबै न्युयोर्कमा बस्दै आउनुभएको थियो । निधन हुनुभएकाको परिवार र स्थानीय सङ्घसंस्थाका प्रतिनिधिसँग समन्वय गरेर अन्तिम संस्कार गरिने जानकारी मेरिल्यान्ड राज्यसभाका विधायक ह्यारी भण्डारीले बताउनुभएकाे थियाे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका