Samacharpati
बिहिबार, जेष्ठ २२, २०७७
  • होमपेज
  • लकडाउनमा कडाई : बागलुङ बजारमा एकै दिन ४५ जना नियन्त्रणमा लिई छोडियो

लकडाउनमा कडाई : बागलुङ बजारमा एकै दिन ४५ जना नियन्त्रणमा लिई छोडियो

लकडाउनमा कडाई : बागलुङ बजारमा एकै दिन ४५ जना नियन्त्रणमा लिई छोडियो

अर्जुन कार्की, बागलुङ, २४ चैत । जिल्ला प्रहरी कार्यालय बागलुङले लकडाउनलाई कडाई गरेको छ । सरकारले लकडाउनलाई झन कडा पार्ने निर्णय गरेको सँगै जिल्ला प्रहरी कार्यालय बागलुङले आइतबार लकडाउन उल्लंघन गर्ने ४५ जनालाई नियन्त्रणमा लिइ छोडेको छ ।

आईतबार विहानैबाट गस्ती बढाएको प्रहरीले लकडाउन उल्लंघन गरि सडकमा हिड्ने विहान ४० र दिउँसो ५ जनालाई नियन्त्रणमा लिइ छोडेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक (एसपि) नवराज भट्टले जानकारी दिनुभयो । उहाँले अत्यावश्यक काम नपरेका मानिस भित्रै बसिदिन अनुरोध गर्दा समेत नटेरेपछि पक्राउ गर्न सुरु गरिएको बताउनुभयो । एसपि भट्टले मुलुक लकडाउन रहेको र बाहिर हिडडुँल गर्न बन्द गरिएको थाहा पाउँदा पाउँदै सडकमा हिड्नेहरुलाई पक्राउ गरि १, २ घण्टा चौरमा राखेर छोडिएको जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय बागलुङले शनिबार नै फेसबुक मार्फत खाद्यान्नको लागि पसलहरुको फोन नम्बर लिइ घरमै मगाउन र पसललाई घर, घरमा पु¥याउन अनुरोध गरेको छ । प्रहरीले लकडाउन अबधिभर उलंघन गर्नेहरुलाई नियन्त्रणमा लिने र आवश्यक कारवाही गर्ने कार्य जारी राख्ने जनाएको छ ।

यस्तै गल्कोट बजारमा लकडाउन उल्लंघन गर्ने ४० जनालाई प्रहरुी चौकी हटियाले नियन्त्रणमा लिइ छोडेको छ । विना काम सडकमा हिड्ने ४० जनालाई नियनत्रणमा लिई आधा घण्टा शिवालय मन्दिर परिवरमा राखेर छोडेको प्रहरी चौकी हटियाका प्रमुख अनुप केसी क्षेत्रीले जानकारी दिनुभयो ।

यसैविच लकडाउनको अवधिभर बागलुङमा १३ ओटा सवारी साधनलाई कारवाही गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङको अनुसार लकडाउनको पहिलो दिन चैत ११ गते १३ ओटा सवारी साधनलाई नियन्त्रणमा लिई सोहि दिन बेलुका छोडिएको छ ।

ट्राफिक प्रहरी कार्यालयका प्रमुख शिव पाठकले सरकारले लकडाउनको घोषणा गरेको पहिलो दिनमा संचालन गरिएका १३ ओटा बाइकलाई नियन्त्रणमा लिई सम्झाएर बेलुका डोराएर लान दिएको बताउनुभयो । उहाँले लकडाउनको अवधिमा पास प्राप्त भएका बाहेक अन्य सवारी साधनहरु संचालन नभएको बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका