Samacharpati
सोमवार, जेष्ठ १९, २०७७
  • होमपेज
  • महामारीले समस्यामा परेका जनतालाई सहयोग गर्छु : काँग्रेस नेता तिवारी

महामारीले समस्यामा परेका जनतालाई सहयोग गर्छु : काँग्रेस नेता तिवारी

महामारीले समस्यामा परेका जनतालाई सहयोग गर्छु : काँग्रेस नेता तिवारी

पर्वत,  २४ चैत । देशभर लकडाउन छ । मानिसहरु घरवाहिर निस्कन सकेका छैनन् । कसैको घरमा सञ्चित गरिएको खाद्यन्न सकियो । दिनभरी मजदूरी गरेर विहान र बेलुकाको गर्जो टार्ने परिवारको बिजोग छ । यो अवस्थामा सरकारले राहात बाँडि हाल्नुपर्ने कार्यविधि बनाउँदै छौँ भनेर टारिरहेको छ । जनता तत्काल राहातको पर्खाइमा छन् । सरकार कार्यविधि बनाउँदै बसिरहेको छ । कोरोनाको त्रास भन्दा भोकले मानिसहरुलाई सताईरहेको छ ।

यो संकटको घडीमा नेपाली काँग्रेसका नेता एवं फलेवास नगरपालिकाका मेयर पदका प्रत्यासी गंगाधर तिवारीले जनतालाई आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभएको छ । उहाँले राज्यले सहयोग गर्न नसकेपनि आँफुले समस्यामा परेका जनतालाई सहयोग गर्ने बताउनुभएको हो । कोहि पनि भोकै बस्न नपरोस, कसैले उपचारबाट बञ्चित हुनु नपरोस भनेर सक्दो सहयोग गर्ने तिवारीले अवगत गराउनुभएको छ ।

लकडाउनको बेलामा कसैको चुल्हो बल्न समस्या भएको भए फोन गरेर जानकारी दिन उहाँले आव्हान गर्दै आवश्यक सहयोग गर्ने सामाजिक सन्जाल तथा सञ्चारमाध्यममार्फत अपिल गर्नुभएको हो । तिवारीले राज्यले राहात दिन ढिलो गर्दा गरिव, विपन्न, मजदूरी गरेर खाने वर्गहरु समस्यामा परेको खबर सुन्दा खिन्न लागेको भन्दै व्याक्तिगत रुपमा सहयोग गर्ने वचन दिनुभएको हो ।

‘फलेवास नगरपालिकाका मात्रै नभएर जिल्लाभरका जुनसुकै ठाउँका मानिसहरु पनि रोग, भोक र शोकले मर्नु नपरोस भनेर मैले सहयोग गर्न खोजेको हुँ,’ तिवारीले भन्नु्भएको छ,‘ राज्यले गर्नुपर्ने सहयोगमा किन ढिलो गरिरहेको छ भनेर म अचम्म परेको छु ।’ महामारीको यो घडीमा सबैलाई घरभित्रै बस्न उहाँले आग्रह गर्नुभयो । सरकारले घरभित्रै बस्न भनेपछि उनीहरुलाई खाने कुराको पनि तत्काल प्रवन्ध गर्नुपर्नेमा ढिलो गरेकोमा तिवारीले दूख व्यक्त गर्नुभएको छ । साथै उहाँले विषम परिस्थितीमा केन्द्र, प्रदेश र स्थानीय सरकारलाई गरिव तथा दिनदुखीहरुका लागि तत्काल राहात उपलव्ध गराउन माग गर्नुभएको छ ।

तिवारीलाई राहात पाईएन भनेर फोन आईरहेका छन् । कतिपयलाई चामल, दाल, नुन, तेल लगायतका खाद्यन्न, औषधोपचार खर्च तिवारीले सहयोग गर्नुभएको छ । ‘ राहात पाईएन भनेर दिनदिनै फोन आईरहन्छन्,‘ तिवारीले भन्नुभयो,‘ अति समस्यामा परेकालाई मैले सकेको सहायता गर्दै आईरहेको छु ।’ विभिन्न संघसंस्थाले जस्तै काँग्रेस नेता तिवारीले पनि खाद्यन्न सहयोग गरिरहनुभएको छ । तर, मिडियमा तिवारीको खासै चर्चा छैन । तिवारीले भन्नुभयो, ‘ म मिडियामा चर्चामा आउन भन्दा पनि जनतालाई कसरी हुन्छ सहयोग गर्नमै बढि ध्यान दिने मान्छे हुँ ।’
हुने खानेहरुलाई लकडाउनले आशिंक समस्या परेपनि हुँदा खानेहरुको हरिविजोग भएको छ । महामारीको बेला हातधुने सावुन समेत किन्न सक्ने हैषियत जनताको छैन ।

हातमुख जोर्ने र परिवारको पेट भर्ने चिन्ताले कतिपय मजदूरलाई मर्नु न बाँच्नु भैरहेको छ । यस्तो बेला उनीहरुलाई राहात दिने कुरामा राज्यको ध्यान कम गएको छ । तरुणदललाई राहात संकलन गर्न भनिएको छ । नेपाली काँग्रेस पार्टि संगठन तथा भातृ संगठनहरुलाई राहात संकलन गरि वितरण गर्न समेत तिवारीले निर्देशन दिनुभयो । नेता तिवारीले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई रोकथान र नियन्त्रण गर्न स्थानीय सरकार सँगै जिल्ला प्रशासन कार्यालयले खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो । पर्वतमा स्वास्थकमी, सुरक्षाकर्मी र संचारकमीले खेलेको भूमिकाको प्रशंसा गदै राज्यले उनीहरुको सुरक्षा सँगै पोत्साहन गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका