Samacharpati
बुधबार, असार २४, २०७७
  • होमपेज
  • ६ वर्षका बालकको उपचारमा अस्पतालको लापरवाहि, उपचार गर्ने डराए ! रातभर चौतारामुनी

६ वर्षका बालकको उपचारमा अस्पतालको लापरवाहि, उपचार गर्ने डराए ! रातभर चौतारामुनी

पाेखरा, २२ चैत । ताराखोला गाउँपालिका वडा नं. १ बाग्लुङ का एक बालकले  शंकाकै भरमा चिसो रातको अधिकांस समय पोखराको खुला आकाश मुनि बिताए । उनका आफन्तका अनुसार उनी ६ दिनदेखी बिरामी छन् । गल्कोटको एक अस्पतालले उनलाई थप उपचारका लागि पोखरा रिफर गरिदियो । १० हजार खर्च गरेर उनिहरु रातारात पोखरा आए ।

५ बजे मनिपाल पुगेका उनलाई भर्ना गरेको आधा घण्टापछि हस्पिटलले निकालि दियो । सामान्य चेकजाँच पछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईयो, यो सवैका पछाडी कोरानाका अन्धभक्तको पराकाष्ठा स्पष्ट देखिन्छ ।

उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सीबाट पनि पाँच मिनेट नबित्दै निकालियो । त्यसपछि आधारात उनिहरुले चौतारोमा बिताए । एक प्रहरीको सहायतामा राति १२ बजेपछि मात्र उनलाई हस्पिटलको एक कुनामा राखियो । फेरि उज्यालो नहुदै उनलाई फेरि निकालियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका