Samacharpati
शनिबार, जेष्ठ १७, २०७७
  • होमपेज
  • कपिलवस्तु गुगौलीमा आगलागी हुँदा ३९ घर जलेर नष्ट,करीब एक करोडको नोक्सानी

कपिलवस्तु गुगौलीमा आगलागी हुँदा ३९ घर जलेर नष्ट,करीब एक करोडको नोक्सानी

कपिलवस्तु गुगौलीमा आगलागी हुँदा ३९ घर जलेर नष्ट,करीब  एक करोडको नोक्सानी
कपिलवस्तु, २१ चैत  विजयनगर गाउँपालिका वडा नं १ गुगौलीमा आगलागी हुँदा ३९ घर जलेर नष्ट भएको छ । गुगौलीका काशीराम यादवका घरमा दिउँसो खाजा बजाउन बालेको आगोले खरले छाएको घरमा छोई आगलागी शुरु भएको थियो । आगोले गाउँका पूरै घर जलेका छन् ।

गाउँको उत्तरदेखि शुरु भएको आगो हावाको बहावसँगै पूरै गाउँमा फैलिएको थियो । आगोबाट कुनै पनि मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक मधु नेपालले जानकारी दिनुभयो ।

आगलागीबाट करीब रु एक करोडको नोक्सान भएको स्थानीयवासीले बताएका छन् । अग्निपीडतको वास्तविक क्षति विवरण प्रहरीले संकलन गरिरहेको छ । अग्निपीडितहरुको राहतका लागि विजयनगर गाउँपालिकाले व्यवस्थापन गरिरहेको वडा नंं १ का वडाध्यक्ष इन्दर थारुले जानकारी दिनुभयो ।

कृष्णनगर नगरपालिकाको दमकल बिग्रेकाले तौलिहवाको दमकल आउन ढिलाइ भएको थियो । पूरै गाउँ खरानी भएपछि तौलिहवाको दमकल गुगौली पुगेको थियो । तौलिहवा र गुगौलिको दूरी करीब ५० किलोमिटर छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका