Samacharpati
सोमवार, जेष्ठ १९, २०७७
  • होमपेज
  • तनहुँमा तीन घरधनीले  एक महिनाको भाँडा मिनाहा गर्ने प्रतिबद्धता

तनहुँमा तीन घरधनीले  एक महिनाको भाँडा मिनाहा गर्ने प्रतिबद्धता

तनहुँमा तीन घरधनीले  एक महिनाको भाँडा मिनाहा गर्ने प्रतिबद्धता

तनहुँ, २१ चैत । व्यास–१ का तीन घरधनीले भाडामा बस्दै आएका  एक विपन्न परिवारलाई   एक महिनाको भाँडा मिनाहा गर्ने प्रतिबद्धता जनाएका छन् । यसरी प्रतिबद्धता व्यक्त गर्नेमा निर्मल पण्डित, बादल आले र राधिका थापा हुनुहुन्छ ।

अन्तर जिल्ला प्रवेशमा रोक:- जिल्ला प्रशासन कार्यालयले एक जिल्लाबाट अर्को जिल्लामा प्रवेशमा रोक लगाएको छ । सवारी पास लिनेको संख्या बढ्दै गएको र लकडाउनको समेत उल्लंघन भएकाले पास वितरणमा पनि कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिनुभयो ।

तनहुँमा बुधबारसम्म ६२२ जनाले सवारी पास लिएको जनाइएको छ । बिरामी, कर्मचारी, खाद्यान्न र तरकारी बोक्ने गाडी तथा एम्बुलेन्सलगायत अत्यावश्यक सवारी साधनलाई निर्बाध चल्न दिइएको प्रशासन कार्यालयले जनाएको छ ।

विदेशबाट आउने बढे, क्वारेन्टाइनमा बढेनन् :-तनहुँमा रहेका दश वटै पालिका र तिनका मातहतमा रहेका वडास्तरमा समेत जनप्रतिनिधि एवं स्थानीयवासीको सक्रियतामा क्वारेन्टाइन र आइसोलेशन वार्ड स्थापना गरिएको छ ।

यसैबीच तनहुँमा विदेशबाट आउने दैनिक बढे पनि क्वारेन्टाइनमा बस्ने भने बढ्न सकेका छैनन् । जिल्लामा चार नगरपालिका र छ गाउँपालिकामा गरी हालसम्म संकलन गरिएको तथ्याङ्कानुसार छ सय ८७ जना विभिन्न देशबाट घर फर्किएका भेटिएको तर क्वारेन्टाइनमा बस्नेको संख्या नबढेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका