Samacharpati
सोमवार, जेष्ठ १९, २०७७
  • होमपेज
  • बसन्त र राजको सन्देशमुलक गीत उद्धार

बसन्त र राजको सन्देशमुलक गीत उद्धार

काठमाडौं, २० चैत । गायक राज सागरले बिहिबार एउटा सन्देशमुलक गीतको भिडियो रिलिज गरेका छन् । विश्वव्यापी फैलिएको कोरोना भाईरसको त्रासमा नेपालीहरु बिगत १० दिनदेखि लक डाउनको अबस्थामा घर भित्रै छन् । यस्तो अबस्थामा पनि जोखिम मोलेर गायक तथा संगीतकार राज सागरले नयाँ गीत उद्धार गरौं यो मानवताको….को भिडियो सार्वजनिक गरेका हुन् ।

बुधबार रेकर्ड गरिएको यो गीतको भिडियो बिहिबारमात्र तयार भएको हो । गीत यतीबेला समय सान्दर्भिक छ यो गीतलाई कवि तथा गीतकार बसन्त चौधरीले लेखेका हुन् । गीतमा कोरोना भाईरसलाई मानवताको बिसालु बैरी र बिनासकारीको रुपमा चर्चा गरेका छन् । यस गीतमार्फत गीतकार चौधरीले अहिले दयनीय अबस्थामा रहेको मानिसको उद्धार गर्नु पर्ने बताएका छन् ।

यसबाट आफु जोगिन, अरुलाई पनि जोगाउन र सँकटमा रहेकाहरुलाई उद्धार गर्न गीतबाट चौधरीले आह्वान गरेका छन् । यस्तो अबस्थामा साहस जुटाउन र हिम्मत नहार्न पनि गीतकार चौधरीको सबैलाई अनुरोध छ । शब्द आफैंमा राम्रो र सन्देश मुलक भएकाले अहिलेको अबस्थामा जोखिम मोलेर रेकर्ड गरी लिरिकल भिडियोको रुपमा दर्शकसामु ल्याएको गायक राजले बताए ।

भ्वाईस अफ नेपालको स्टुडियोमा दीप घतानीले रेकर्ड गरेको यो गीतमा संगीत पनि गायक राज सागरकै छ । गीत निकै कर्णप्रिय बनेको छ । गीतको संगीत संयोजना राहुल विश्वकर्माले गरेका हुन् । गीतको भिडियोलाई भि ओ एन युट्युब च्यानलबाट रिलिजगरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका