Samacharpati
बिहिबार, जेष्ठ २२, २०७७
  • होमपेज
  • विरामिको उपचारमा ढिलो भएको भन्दै काँग्रेस युवा नेता वाग्लेको आपत्ति

विरामिको उपचारमा ढिलो भएको भन्दै काँग्रेस युवा नेता वाग्लेको आपत्ति

विरामिको उपचारमा ढिलो भएको भन्दै काँग्रेस युवा नेता वाग्लेको आपत्ति

पोखरा १८ चैत । विश्वमा फैलिएको नोबेल कोरोना (कोभिड १९) को संक्रमण नेपालमा पनि देखिएसँगै सामान्य रुघाखोकी र ज्वरोका विरामिले अकालमा ज्यान गुमाउनु परेको भन्दै नेपाली काँग्रेस (वी. पी.) का युवा नेता सुशीलराज वाग्लेले आपत्ति जनाएका छन ।

वाग्ले सोमबार राती सामाजिक संजाल फेसबुकमा एक पोष्ट गर्दै विगत केही दिन देखि आशंकामा ५ जनाले ज्यान गुमाउनु दुखद भएको भन्दै प्रश्न गरेका छन । के विरामी हुनु नै विरामिको कमजोरी हो ? कसैलाई आशंका कै भरमा क्वारेन्टाइन र आइसोलेसनमा राखेर उपचार हुँदैछ,   भन्नु  पछि विरामिको मृत्यु भए पछि रिपोर्ट आईपुगेको छैन, भन्नु कसको कमजोरी ?  अस्पताल सरकार वा विरामी स्वयंमको कमजोरी हो ?
आशंकाको भरमा विरामिलाई आइसोलेसनमा राखेर छोडीनु गम्भीर लापरबाही भएको भन्दै वाग्लेले आपत्ति जनाएका छन ।

विरामिको अरु नै कारणके भएको हुन्छ । हचुवाको भरमा आशंका मात्रै गर्दा धेरैले अकालमा ज्यान गुमाउनु पर्ने वातावरण सृजना हुन्छ भन्दै सबैलाई गम्भीर हुन पनि वाग्लेले आग्रह गरेका छन ।

रिपोर्ट पनि नेगेटिभ आउनु विरामिको ज्यान पनि गै सकेको अवस्थामा पक्षताप गर्नु बाहेक अरु कुनै विकल्प नरहेको पनि वताएका छन ।
वाग्लेले भनेका छन :- ”आइसोलेसनमा राखिएको विरामिलाई कित नोबेल कोरोना (कोभिड १९) को पुष्टि हुनुपर्छ ।”  ‘अन्यथा विरामीको के कारणले ज्यान गयो ।’ ‘थाहा नपाउनु भनेको कस्तो अस्पताल र सरकार छ ।” भन्दै प्रश्न गरेका छन ।

वाग्ले भनेका छन :- सामान्य विरामिलाई पनि आशंका कै भरमा अन्य कुरा टेष्ट गरिनु पर्दैन थियो र तत्काल अन्य विरामिलाइ आशका मात्र गरेर आइसोलेसनमा मात्रै राख्ने होइन अन्य कुरा पनि टेष्ट गरेर उपचार गर्न माग गर्दै अन्य विरामिले पनि यसैगरी ज्यान गुमाउनु पर्ने अवस्था सृजना नहोस् भनेर सरोकारवालाको ध्यानाकर्षण गराएका छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका