Samacharpati
बिहिबार, जेष्ठ २२, २०७७
  • होमपेज
  • गण्डकी प्रदेश सरकारका नियुक्त पदाधीकारीहरु द्धारा एक महिनाको पारिश्रमिक उपचार कोषमा सहयोग

गण्डकी प्रदेश सरकारका नियुक्त पदाधीकारीहरु द्धारा एक महिनाको पारिश्रमिक उपचार कोषमा सहयोग

गण्डकी प्रदेश सरकारका नियुक्त पदाधीकारीहरु द्धारा एक महिनाको पारिश्रमिक उपचार कोषमा सहयोग

पोखरा, १७ चैत  । बिश्व महामारीको रुपमा फैलिएको संभावित जोखिम न्युनिकरणका लागि प्रदेश सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा मा सहयोग आउने क्रम जारी छ । यसैबिच प्रदेश सरकारले नियुक्त गरेका ब्याक्तिहरुले पनि एक महिनाको पारिश्रमिक कोषमा जम्मा गर्ने घोषणा गरेका छन ।

पारिश्रमिक बराबरको सहयोग गर्नेहरुमा गण्डकी बिश्वबिद्यालयका प्रा.डा गणेशमान गुरुङ , प्रदेश निती तथा योजना आयोगका उपाध्यक्ष डा. गिरीधरी शर्मा उपाध्यक्ष,मुख्य न्यायाधिवक्ता डा.राजेन्द्र घिमीरे , मुख्यमन्त्रीको राजनीतीक सल्लाहकार गोविन्द बहादुर नेपाली, प्रदेश निती तथा योजना आयोग का सदस्य बिष्णुराज बराल र डा.भिमा ढुङगाना सदस्य ,गण्डकी प्रदेश पर्यटन भ्रमण बर्षका संयोजक डा.जुद्द गुरुङ , प्रदेश प्रशासनीक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋीषीराम पाण्डे , ताल विकास प्राधीकरणका प्रमुख डा.अनुप गुरुङ मुख्यमन्त्रीका  प्रेस संयोजक विक्रम स्वकिय सचिव सुर्यप्रसाद गुरुङ,निजि सचिव एलीना गुरुङ रहेका छन ।

कोषमा यसअघि बिभिन्न सामाजिक संघ सस्था तथा प्रदेशसभाका सदस्य, मन्त्रीपरिषदका सदस्यहरुले पनि सहयोग गरेका छन । कोरोना नियन्त्रणका लागि मुख्यमन्त्री गुरुङ आफै फिल्डमा खटिएर आबस्यक र्निदेशन, सहयोग तथा समन्वयका कामहरु गरिरहेको स्रोतले जनाएको छ । कोरोनाका कारण अहिले बिश्व संकटमा छ । सरकारले जनताका लागि राहत सहित औषधी उपचारको ब्यबस्था गर्ने घोषणा गरिसकेको छ । कोषमा हालसम्म ४० लाख जम्मा भैसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका