Samacharpati
बिहिबार, जेष्ठ २२, २०७७
  • होमपेज
  • कोभिड–१९ को नियन्त्रणका लागि म्याग्दीका ६ वटा स्थानीय तहहरुले बनाए २ करोड २९ लाखको कोष

कोभिड–१९ को नियन्त्रणका लागि म्याग्दीका ६ वटा स्थानीय तहहरुले बनाए २ करोड २९ लाखको कोष

कोभिड–१९ को नियन्त्रणका लागि म्याग्दीका ६ वटा स्थानीय तहहरुले बनाए २ करोड २९ लाखको कोष

गलेश्वर, १७ चैत । कोरोना (कोभिड–१९) को रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि म्याग्दीका ६ वटा स्थानीय तहहरुले रु २ करोड २९ लाखको कोष बनाएका छन् ।जिल्लाको बेनी नगरपालिका, अन्नपूर्ण गाउँपालिका, रघुगंगा गाउँपालिका, मालिका गाउँपालिका र धैलागिरि गाउँपालिकाले छुट्टा छुट्टै रुपमा रु १ करोड ९ लाखको कोष बनाएका हुन् ।

बेनी नगरपालिकाले कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि रु पचास लाखको कोष स्थापना गरेको छ भने अन्नपूर्ण गाउँपालिकाले रु ७० लाखको र धवलागिरि गाउँपालिकाले रु ५० लाखको कोष स्थापना गरेको सम्बन्धित गाउँपालिकाले जनाएको छ ।

त्यसैगरी उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिकाले कोरोना विरुद्धको आकस्मिक कोषमा रु ३४ लाख जम्मा गर्नुका साथै प्रत्येक वडामा क्वारेन्टाइन समेत स्थापना गरेको छ ।

गाउँपालिका स्तरीय विपद् व्यवस्थापन समितिको बैठकबाट गाउँपालिकाले रु ३४ लाखको कोष स्थापना गरेको हो । गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीको अध्यक्षतामा बसेको समितिको आकस्मिक बैठकले गाउँपालिकाबाट रु ३० लाख र अध्यक्ष भण्डारीको व्यक्तिगत रु ४ लाख गरि ३४ लाखको आकस्मिक कोष स्थापना गरिएको हो ।

गाउँपालिकाले विश्वव्यापी महामारीको रुप लिएको कोरोनाविरुद्ध जनचेतना अभिवृद्धि कार्यक्रमसंगै हरेक वडामा ५ बेड क्षमताको क्वारेनटाइन समेत निर्माण गर्ने भएको छ । ८ वटै वडामा क्वारेनटाइन बनाउनका लागि आवश्यक सामगी्र खरिद गरि तीन वटा टोली मार्फत सामान पुर्याउन थालिएको गाउँपालिकाका अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

पश्चिम म्याग्दीको मालिका गाउँपालिकाले पनि कोभिड–१९ रोकथामका लागि रु २० लाखको कोष स्थापना गरेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकामगरले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका