Samacharpati
बिहिबार, जेष्ठ २२, २०७७
  • होमपेज
  • ”देश नै लक डाउनमा राखेर सङ्क्रमित खोेज्नु राम्रो कुरा हो” भन्दै अमेरिकीले गर्याे नेपालकाे प्रशंसा

”देश नै लक डाउनमा राखेर सङ्क्रमित खोेज्नु राम्रो कुरा हो” भन्दै अमेरिकीले गर्याे नेपालकाे प्रशंसा

”देश नै लक डाउनमा राखेर सङ्क्रमित खोेज्नु राम्रो कुरा हो” भन्दै अमेरिकीले गर्याे नेपालकाे प्रशंसा

काठमाडौँ, १६ चैत । काम गर्न सक्ने उमेरकी एक छोरी र करिब ११ वर्षका छोराका साथ एक दम्पती गत महिनाको दोस्रो साता संसारकै सपनाको देश अमेरिका उडे । त्यहाँको उन्नतिको चमक देखेर दङ्ग थिए । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ।

तर एक्कासि चीनको वुहानमा देखिएको कोरोना भाइरस (कोभिड–१९) त्यहाँ पनि देखियो । अमेरिका पुग्दा कोरोना भाइरसको सामना गर्नुपर्ला भन्ने सोच परिवारका सदस्यमा एक प्रतिशत पनि थिएन । यतिबेला अमेरिकामा कोरोनाको कहर कहालिलाग्दो छ । एक लाख चार हजार २५६ बढीमा सङ्क्रमण देखिइसक्यो । एक हजार ७०४ को ज्यान गइसक्यो ।

एकै दिन ३० हजार बढी सङ्क्रमित छन् । निको हुने निकै कम दुई हजार २२५ छन् । यो सङ्ख्या बिहीबारदेखि एक्कासि बढेको हो । “कोरोनाको कहर देख्दा अमेरिकामा मर्न आइएछ कि जस्तो लाग्दैछ, यहाँ पूर्ण लकडाउन अझै गरेको छैन,” परिवारका एक सदस्यले भन्नुभयो ।

उहाँहरूजस्तै कमाएकै पैसामा निर्भर हुनेको यहाँ विचल्ली छ । सहरमा त्रास छ । धेरैले काममा जान छाडे । नयाँ कामदारले छुट्टी पाउँदैनन् । त्यसैले जोखिममा छन् । खानेकुरा किन्न र हिँडडुल गर्न निकै डरमर्दो भएको छ । केही सहरका सीमामा लकडाउन छ ।

उहाँका अनुसार अन्तर्राष्ट्रिय विमान उडान बन्द छ । आन्तरिक सुचारु छन् । जसले एक सहरको महामारी अर्को सहरमा सहजै पुर्याइरहेको छ । बजार, सुपरमार्केट जताततै विषादी छर्किइँदैछ । कतै गएर किनमेल गर्न पनि उस्तै भीड हुन्छ । सामान, मान्छे छुन डर लाग्ने भएको छ ।

चिन्ता नहोस् भनेर नेपालका परिवारलाई ‘राम्रै छौँ’ भन्ने सन्देश दिइरहेका छन् । नेपालमा खाने दाल, भात र तरकारीको स्वाद लिन पाएका छैनन् । त्यसैको शक्तिले नै नेपालीले अनेक रोगसँग लड्न सकेको उहाँ अनुमान गर्नुहुन्छ । “बिहानै उठ्यो पाउरोटी खायो, कुद्यो,” उहाँ भन्नुहुन्छ । नेपालमा घरैपिच्छेको पसल र आपसी सद्भावमै पैँचो चल्छ । अमेरिकामा त्यो हुन्न । भए खाने नत्र भोकै सुत्नुपर्छ । सडकमै अलपत्र परेकालाई पनि कसैले हेर्दैन ।

अमेरिकामा गत २० जनवरीमा वासिङ्टन डिसीमा पहिलो सङ्क्रमित फेला पर्यो तर अमेरिकी सरकारले त्यसलाई त्यति महत्व दिएन । चीनको वुहानबाट सङ्क्रमण त्यता व्यापक रूपमा आउँदैन भन्ने आँकलन गर्यो । सबै अन्तर्राष्ट्रिय उडान कायमै गरिए । जसले अत्यधिक छिटो सङ्क्रमण अमेरिकामा बढायो । न्युयोर्कमा अझ तीव्र भयो ।

वासिङ्टन डिसीमै बल्ल मङ्गलबारदेखि लकडाउन भयो । “हामी घरमै छौँ, पसल र ग्यास स्टेसन खुलेका छन्, स्कुल–कलेज, होटल–रेस्टुरेन्ट बन्द छन्,” वासिङ्टन डिसीमा रहनुभएकी सुधा जिसीले भन्नुभयो । पछिल्लोपटक न्युयोर्क, क्यालिफोर्निया, न्युजर्सी, लुसियाना लगायतका केही सहर बन्द छन् तर आन्तरिक सवारी चलेका छन् । बाह्य सहर र प्रान्तसँग भने आवागमनमा रोक लगाइएको छ । हवाई उडान यथावत् छन् ।

उहाँले नेपालको तयारीको प्रशंसा अमेरिकीले गर्ने गरेको बताउनुभयो । “नेपालले पहिल्यै राम्रो तयारी गरेको छ, देश नै लक डाउनमा राखेर सङ्क्रमित खोेज्नु राम्रो कुरा हो,” उहाँले भन्नुभयो । अमेरिकामा रहेका नेपालीको यकिन तथ्याङ्क छैन । जसका कारण कहाँ कति जोखिममा छन्, पत्ता लाग्न सकेको छैन । करिब दुई लाख रहेको अनुमान छ ।

ढिलै भए पनि अमेरिकी सरकारले राहत रकम घोषणा गर्नुलाई सकारात्मक मानिएको छ । शुक्रबार मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राहत प्याकेजको प्रस्तावमा सही गर्नुभएको जानकारी ट्विटरमा दिनुभयो । राहत प्याकेजको प्रस्तावमा सही गर्न उहाँलाई विपक्षी दल र नागरिकको तीव्र दबाब थियो ।

विश्वभर झन्डै छ लाख ९०१ सङ्क्रमित पुगेका छन्, जसमध्ये २७ हजार ४१७ को मृत्यु भएको छ । एक लाख ३३ हजार ४२६ उपचारपछि निको भए । अमेरिकापछि अहिले इटली सङ्क्रमणमा दोस्रो बढी छ । तेस्रोमा चीनको आँकडा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका