Samacharpati
सोमवार, जेष्ठ १९, २०७७
  • होमपेज
  • बागलुङ बजारका मुख्य चोकमा किटनासक औषधी छर्कियो

बागलुङ बजारका मुख्य चोकमा किटनासक औषधी छर्कियो

बागलुङ बजारका मुख्य चोकमा किटनासक औषधी छर्कियो

बागलुङ, १४ चैत । बिश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणवाट बच्नका लागि सदरमुकाम बागलुङ बजारमा किटनासक औषधी छर्किन थालिएको छ ।

बागलुङ नगरपालिकाको कार्यालय बागलुङले कोरोनाको भाइरसको सम्भावित जोखीमबाट बच्नको लागि थप पूर्व सतर्कता अनुरुप किटाणु मार्न प्रयोग हुने सोडियम हाइपो क्लोराईड नामक किटनासक औषधी छर्कन शुरु गरेको हो ।

कोभिड–१९ संक्रमण, रोकथाम, उपचार र नियन्त्रणका लागी शुन्य दशमलव ५ प्रतिसत औषधी पानीमा मिसाएर बजारभर छर्किन शुरु गरेको बागलुङ नगरपालिकाका उपमेयर सुरेन्द्र खड्काले जानकारी दिनुभयो ।


पहिलो दिन शुक्रबार बागलुङ नगरपालिकाको कार्यालय, ट्राफिक चोक, समिटचोक हँुदै लोकतान्त्रिक चोक र धौलागिरि चोकसम्म छर्किएको र यो क्रम निरन्तर जारी रहि बागलुङ बजार भर छर्किने अभियान रहेको बागलुङ नगरपालिकाका जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालले बताउनुभयो ।

प्रदुषण निवारण अर्थात किटाणु मार्न प्रयोग गरिने यो औषधी अहिलेको समयमा पनि सान्दर्भिक हुने भएकाले बजारका मुख्य नाका र बजार भर छर्कने गरि शुरु गरिएको जानकारी दिदै खनालले कोरोना भाइरसले आक्रमण गर्न नपाओस भनि बागलुङ नगरपालिकाले यो अभियान शुरु गरेको बताउनुभयो ।

बिषेश गरि हेपटाइटिस बि, एचआइभिका भाइरसरलाई मार्नका लागि प्रयोग हुने औषधी अस्पताल र अप्रेसन थिएटरमा बढी प्रयोग हुने भएपनि यो समयमा कोरोना भाइरसका किटाणुलाई पनि नष्ट गर्न सहयोग पुग्ने भएकाले छर्किन थालिएको खनालको भनाई रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका