Samacharpati
साेमबार, चैत्र १७, २०७६

हालको खबर

  • होमपेज
  • हास्यकलाकार कपिल शर्माले भारत सरकारलाई ८० लाख रुपैयाँ सहयोग गर्ने

हास्यकलाकार कपिल शर्माले भारत सरकारलाई ८० लाख रुपैयाँ सहयोग गर्ने

हास्यकलाकार कपिल शर्माले भारत सरकारलाई ८० लाख रुपैयाँ सहयोग गर्ने

भारत, १४ चैत ।  विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट विश्वका विभिन्न देशमा गरी २१ हजार २९३ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार संसारभरि चार लाख ७१ हजार ३११ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

सङ्क्रमित व्यक्तिहरुमा एक लाख १४ हजार ६४२ जना उपचारपछि घर फर्किएका छन् भने तीन लाख ३५ हजार ३७१ व्यक्ति हाल उपचारारत छन् । भारतमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या २० पुगेको छ ।

भारतमा मृतकको संख्या दिनहु बढ्दै गएपछि थप सतर्कता अपनाइएको भारतिय संचार माध्यमले जनाएको छ । भारतले कोरोनाभाइरस महामारी फैलिनबाट मुलुकलाई जोगाउन आपतकालीन कदम चालेपछि भारतमा ठूलो संख्याका यात्रुलाई सेवा प्रदान गर्दै आएको रेल प्रणाली पनि ठप्प भएको छ ।

यसैक्रममा भारतिय चर्चित हास्यकलाकार कपिल शर्माले पनि भारत सरकारलाई सहयोग गर्ने भएका छन् । भारतिय संचार माध्यमले जनाए अनुसार उनले ८० लाख रुपैयाँ दिने भएका हुन् । शर्माले यो जानकारी ले ट्विट गर्दै भनेका छन् । म पनि केहि सहयो गर्ने चाहान्छु ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका