Samacharpati
मङ्लबार, चैत्र २५, २०७६
  • होमपेज
  • ”स्वास्थ्यकर्मी र सुरक्षाकर्मी प्रती पनि ध्यानाकर्षण जावस”

”स्वास्थ्यकर्मी र सुरक्षाकर्मी प्रती पनि ध्यानाकर्षण जावस”

”स्वास्थ्यकर्मी र सुरक्षाकर्मी प्रती पनि ध्यानाकर्षण जावस”

अप्सारा बानिया, पाेखरा, १३ चैत । अहिलेको अवस्थामा हर कोहीलाई ‘लकडाउन’ अथवा क्वारेन्टाइन बस्नुपर्‍यो भनेर सरकारले रेडियो,टेलिभिजन ,टेलिफोन र विभिन्न सामाजिक संजालको माध्यमबाट सुचना प्रवाह गरिरहेको छ। तर देश र जनताको सुरक्षामा रातदिन खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मी भने आफ्नो ज्यानको बाजि राखेर भए पनि आफ्नो कर्तव्यबाट बिमुख भएका छैनन् ।

सरकारले पनि देश र जनता प्रती गरेको हरेक कार्यहरू उल्लेखनीय छन् यसका साथै अझै देश र जनताको सुरक्षामा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई उच्चस्तरीय  Personal Protective Equipment (PPE) को व्यवस्था मिलाउन सके अझै सुनमा सुगन्ध हुने थियो र उहाँहरूलाई थप उर्जा मिल्ने थियो ।

हर सुरक्षाकर्मी र स्वास्थ्यकर्मी पनि हामी जस्तै आम मानिस हुन,उनीहरूको पनि हाम्रो जस्तै मन छ, उनीहरूलाई पनि हामीलाई जस्तो डर लाग्छ, उनीहरूको पनि त हाम्रो जस्तो परिवार ह‍‍ोला हाम्रा जस्ता आफ्नत,उनीहरूको पनि हाम्रो जस्तो शरीर न हो उनीहरूदेखि पनि त रोग डराउँदैन तर पनि आफ्नो सारा संसार बिर्सिएर आफ्नो ज्यानको प्रवाह नगरी हाम्रो सेवामा खटिएका यी भगवानहरू प्रती पूजा र सम्मान गरौँ।

हामी अरूको प्रवाह नगरे पनि स्वयं आफ्नो ज्यानको प्रवाह त गरौँ । हामीलाई सरकारले छुट्टी मनाउनको लागि, साथिभाई जमघट हुनका लागि कामकाज बन्द गरिदिएको होइन भन्ने कुरा बुझौँ र आ-आफ्नै घर भित्र बस्ने प्रयास गरौँ र उच्च सतर्कता अपनाउ आफू पनि बचौं र अरूलाई पनि बचाउने प्रयास गरौँ। हामीहरूको सानो प्रयासले अहिलेको अवस्थामा ठूलो भूमिका खेल्ने छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका