Samacharpati
मङ्लबार, चैत्र २५, २०७६
  • होमपेज
  • मल्म सप्ताहघाटको खडग कालिका भगवती मन्दिरमा यस वर्ष चैते दशैंमा सामुहिक पूजा अर्चना नहुने

मल्म सप्ताहघाटको खडग कालिका भगवती मन्दिरमा यस वर्ष चैते दशैंमा सामुहिक पूजा अर्चना नहुने

मल्म सप्ताहघाटको खडग कालिका भगवती मन्दिरमा यस वर्ष चैते दशैंमा सामुहिक पूजा अर्चना नहुने

थम्मन थापा,  बागलुङ, १३ चैत । गलकोट नगरपालिका ७ मल्म सप्ताहघाटमा रहेको खडग कालिका कोत मन्दिरमा यस वर्ष चैते दशैंमा सामुहिक पुजा अर्चना नहुने भएको छ ।

विश्व व्यापी माहामारीको रुपमा फैलिएको कोभिड ज्ञढ कोरोना भाईरसको संक्रमणलाई मध्यनजर गर्दै पूजा स्थगित गरिएको खडग कालिका भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर थापाले जानकारी दिएका छन ।

मन्दिरमा परापुर्वकाल देखि नै नियमित रुपमा बडा दशैं र चैते दशैंमा महाकाली, महालक्ष्मी, महासरस्वती, जगदम्बा भगवतीको पाठ पारायण सहित पशु बलि दिदै आईएको थियो।

तर यस वर्ष कोरोना भाईरसको संक्रमण फैलिन नदिन नेपाल सरकारले भिडभाड नगर्न निर्देशन गरे बमोजिम सामुहिक पूजा अर्चना र पशु बलि दिने काम स्थगित गरिएको खडग कालिका मन्दिर व्यवस्थापन समितिका सचिव तथा पण्डित रामचन्द्र गौतमले जानकारी दिएका हुन । खडग कालिका कोत मन्दिरमा खडग कालीका भगवती, खडग कालीका माईको पूजा अर्चना हुँदै आएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका