Samacharpati
बिहिबार, चैत्र २७, २०७६
  • होमपेज
  • लेकसाइडमा फरक फरक खानाका ६ रेष्टुरेण्ट खुलाउने रेवानको निर्णय

लेकसाइडमा फरक फरक खानाका ६ रेष्टुरेण्ट खुलाउने रेवानको निर्णय

लेकसाइडमा फरक फरक खानाका ६ रेष्टुरेण्ट खुलाउने रेवानको निर्णय

पोखरा, १३ चैत । रेष्टुरेण्ट एण्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराले फरक फरक खानाका विभिन्न ६ रेष्टुरेण्ट खुलाउने निर्णय गरेको छ । कोरोनाको असरका कारण लकडाउनपछि लेकसाइडका सबै रेष्टुरेण्टहरु बन्द भएपछि यहाँ भएका छिटफुट पर्यटक अफ्ट्यारोमा परेका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीसंगको छलफल पछि ति रेष्टुरेण्टहरु खुलाइने निर्णय भएको रेवान पोखराका अध्यक्ष भिमसेन भुजेलले जानकारी दिए ।

अम्मटस्थित माउण्ट कैलाश रिसोर्ट, बाराही चोकमा रहेको मुनडान्स रेष्टुरेण्ट, गौरिघाटको होटल ग्लासिएर, सेण्टर प्वाइन्टको सम्राट तन्दुरी, अम्मटस्थित ग्रेट वाल रेष्टुरेण्ट तथा विरौटास्थित ड्याडिज किचनबाट पर्यटकलाई सेवा दिइने भुजेलले बताए ।

ग्रेटवालले चाइनिज खाना, सम्राट तन्दुरीले इण्डियन तथा बाँकि रेष्टुरेण्टहरुमा सबैखाले खानाका परिकार पाइनेछ । यि रेष्टुरेण्टहरुले कोरोना संक्रमणबाट जोगिने गरि मास्क, स्यानिटाइजर तथा अन्य सतर्कता अपनाउँदै ग्राहकहरुलाई सेवा दिने रेवान पोखराले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका