Samacharpati
बिहिबार, चैत्र २७, २०७६

हालको खबर

  • होमपेज
  • पोर्चुगलमा नविनले गरे नेपालीहरुकालागी सहयोगको घोषणा

पोर्चुगलमा नविनले गरे नेपालीहरुकालागी सहयोगको घोषणा

पोर्चुगलमा नविनले गरे नेपालीहरुकालागी सहयोगको घोषणा

लिस्वन, १३ चैत । हेम्जाका युवा व्यवसायी नविन तिम्सिनाले पोर्चुगलको लिस्वनमा रहेका नेपालीहरुलाई निशुल्क रुपमा खाद्यान्न उपलब्ध गराउने वताएका छन् । कारोना भाइरस ( कोभीड १९ ) का कारण पार्चुगल एतिबेला लकडाउनमा रहेको छ । करिव एक हप्ता अगाडी देखि त्यहाँ रहेका सवै कम्पनी तथा कामहरु बन्द भैइसकेका छन् ।

नेपालबाट गएका नेपालीहरुलाई आफुले खाद्यान्न सामाग्री सहयोग गर्न लागेकोले कोही नेपाली यहाँ नयाँ हुनुहुन्छ भने खानाको समस्या या अन्य केही समस्या परेमा आफुलाई खबर गर्न आफ्नो फेसबुकमा एक भिडयो मार्फत आहवन गरेका छन् ।

उनी भन्छन् जहाँ जहाँ हामी नेपाली रहेका छौँ त्यँहीबाट सहयोग गर्न अपिल समेत गरेका छन् । भविष्य कस्तो हुने छ हामीलाई थाहाँ छैन तर यो नियन्त्रण भन्दा वाहिर छ हामी सचेत रहनु पर्ने एकले अर्कोलाई सहयोग गर्नुको विकल्प नरहेको बताउँछन् ।

कोरोना भाइरसका कारण पोर्चुगल अहिले समस्यामा छ । यस्तो आपतका बेलामा जो जहाँ छाैँ त्यही बाट सहयोग गर्न तिम्सीनाले आग्रह समेत गरेका छन् । पोर्चुगलमा व्यवसाय संचालन गरेका नविन तिमिल्सीना नेपाली कलाकार समेत हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका