Samacharpati
मङ्लबार, चैत्र २५, २०७६
  • होमपेज
  • भारतबाट फर्किएका नेपालीको पोखराको क्वारेन्टाइनमा मृत्यु

भारतबाट फर्किएका नेपालीको पोखराको क्वारेन्टाइनमा मृत्यु

भारतबाट फर्किएका नेपालीको पोखराको क्वारेन्टाइनमा मृत्यु

१२ दिनअघि भारतबाट फर्किएर कास्कीको रुपा गाउँपालिकाको क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु भएको छ । रुपा गाउँपालिकाका ५० वर्षीय विश्ववन्धु नेपालीको बुधबार दिउँसो पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।

नेपालीलाई मंगलबारदेखि रुपा गाउँपालिकाले तयार पारेको क्वारेन्टाइनमा राखिएको थियो । भारतको हैदरावादबाट फर्किएका उनी बुधबार बिहान खाना खाएर सुतेका थिए ।

अबेरसम्म पनि नउठेपछि नेपालीलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि ल्याउँदै गर्दा मृत्यु भएको गाउँपालिकाले जनाएको छ ।

नेपालीमा मुटु तथा कलेजोको समस्या रहेको परिवार स्रोतले जानकारी दिएको रुपा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिए ।

नेपालीमा कोरोना संक्रमणको लक्षण नदेखिए पनि भारतबाट फर्किएका कारण मंगलबारदेखि क्वारेन्टाइनमा राखिएको रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए ।

‘नेपालीमा मुटु, कलेजो तथा सुगरको पनि समस्या रहेछ । पश्चिमाञ्चल अस्पतालमा थप परीक्षण भइरहेको छ,’ अध्यक्ष ओझाले अनलाइनखबरसँग भने, ‘परीक्षणपछि बाँकी कुरा पत्ता लाग्ला ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका