Samacharpati
मङ्लबार, चैत्र २५, २०७६
  • होमपेज
  • नेपालमा थप एक जनामा कोरोना संक्रमण भएकाे स्वास्थ्य मन्त्रालयकाे पुष्टि

नेपालमा थप एक जनामा कोरोना संक्रमण भएकाे स्वास्थ्य मन्त्रालयकाे पुष्टि

नेपालमा थप एक जनामा कोरोना संक्रमण भएकाे स्वास्थ्य मन्त्रालयकाे पुष्टि

सुशीलराज वाग्ले , काठमाडौँ, १२ चैत । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्रमा उपचाररत एक जनामा कोरोनाभाइरसको संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयकाले पुष्टि गरेको छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाइएको नमुनामा पोजेटिभ भेटिएको उनले जानकारी दिएको हो । तेस्रो संक्रमितलाई आइसोलेसनमा राखिएको बताइएको छ ।

यसअघि चीन र फ्रान्सबाट फर्किएका विद्यार्थीमा कोरोनभाइरसको संक्रमण देखिएको थियो । चीनबाट आएका संक्रमित निको भएर घर फर्किसकेका छन् भने फ्रान्सबाट फर्किएकी १९ वर्षीया युवतीको अस्पतालमा उपचार भइरहेको छ ।

उक्त संक्रमितको थप विवरणमा गोप्य राखिएको छ । संक्रमितसँग को को सम्पर्क रहेका थिए । उहाँहरुको पनि खोजी भै रहेको जानकारी गराईएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका