Samacharpati
सोमवार, असार २९, २०७७
  • होमपेज
  • दिल्लीमा पाँच जना कोरोना सङ्क्रमित विरामी उपचारपछि निको

दिल्लीमा पाँच जना कोरोना सङ्क्रमित विरामी उपचारपछि निको

दिल्लीमा पाँच जना कोरोना सङ्क्रमित विरामी उपचारपछि निको

नयाँ दिल्ली, १२ चैत । भारतीय राजधानी दिल्लीमा विगत २४ घण्टामा कोरोनाको नयाँ सङ्क्रमण पुष्टि नभएको यहाँका मुख्यमन्त्री अरविन्द केजरीवालले मङ्गलबार बताउनुभएको छ ।

मुख्यमन्त्री केजरीवालले आफ्नो ट्वीटर सन्देशमा भन्नुभयो, “विगत २४ घण्टामा दिल्लीमा कोभिड–१९ को नयाँ सङ्क्रमण भेटिएको छैन भने पाँच जना सङ्क्रमित विरामी उपचारपछि निको भएका छन् । यद्यपि यो समय खुशी भैहाल्ने अवस्था भने होइन ।”

“अहिलेको सबैभन्दा ठूलो चुनौती भनेको परिस्थितिलाई नियन्त्रणबाहिर जान नदिनु रहेको छ । यसका लागि सरकारले सबै नागरिकको सहयोगको अपेक्षा गरेको छ ।”

दिल्लीमा कोरोनाबाट सङ्क्रमित व्यक्ति एकपछि अर्को गर्दै बढ्न थालेपछि राज्य सरकार तथा केन्द्र सरकारको निर्देशनमा आइतबारदेखि अति आवश्यक सेवाका लागि बाहेक घर बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ । सरकारले यसलाई नागरिकद्वारा आफ्नो सुरक्षाका लागि पालना गर्ने निषेधाज्ञा (जनता कफ्र्यू) को सज्ञा दिएको छ ।

भारतमा मङ्गलबारसम्म ४४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भैसकेको भारतीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । भारतमा मङ्गलबारसम्म सङ्क्रमित नौ जनाको मृत्यु भइसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका